
Gfs
Ggp
Lnp
Pes
cjs
Pbu
Rgp1
Rgp
pku
Unsku
Djs
Srbpu
sbs
Sgr

nsb
Sls
Rsb
Bbbpu
Gst
Ggd
Ssm
Vor
Rgu
Asm
Sbs
Wsp
Pvg
Tsm
Hal
Rgu
Ksm
Rgs
Bbu

Mks
Rpp
Bml
sab
Jmb
Pls
Rmb
bbt
Ptm
Syp
Gsb
Jmb
Abd
नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाटका एक व्यक्तिमा कोरोनाको र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको छ । ७८ वर्षीय वृद्ध पुरुषमा कोरोनाका लागी गरिएको प्रारम्भिक परिक्षणमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर परिक्षणका लागी भैरहवा पठाइएको छ । कोरोनाको शंकास्पद बिरामिहरुलाई र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट परीक्षण गर्ने र यसमा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने गरिन्छ ।
सोही अनुरुप त्यी विृद्धमा एन्डीबडि देखिएपछि नमूनाको पिसिआर परिक्षणका लागि प्रदेश पाँचले भैरहवामा स्थापना गरेको ल्याबमा पठाईएको पृथ्वी चन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्रट मोहम्मद नुरुल होदाले जानकारी दिए ।
पृथ्वी चन्द्र अस्पताल परासीका चिकित्सकले त्यी वृद्धको नमुना संकलन गरेर जाँचका लागी पठाएका हुन् । उनको नमुना परिक्षणको रिपोर्ट के आउछ त्यसैको आधारमा उनलाई आईसोलेसनमा पठाउने वा क्वारेन्टाईनमा राख्ने टुङ्गो लाग्ने छ ।
पश्चिम नवलपरासीमा र्यापिड टेष्टमा पोजेटिभ देखिएको यो पहिलो घटना हो । त्यी वृद्धका परिवारका सबै सदस्यको भने र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । चिसापानी सामुदायिक अस्पतालमा त्यी वृद्ध व्यक्तिको आरडिटि परिक्षण भएको हो, त्यसपछि नमुना संकलनका लागी परासी ल्याईएको थियो ।
बर्दघाटमै उनको दुई पटक र्यापिट टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले पुष्टि गरे । उनी हाल पृथ्वी चन्द्र अस्पताल परासीमै छन् तर स्मरण रहोस् ,र्यापिड टेष्टले मात्रै कोरोना संक्रमण भएको पुष्टि भने हुँदैन् ।
