
Sssbus1
Pbu
Ssbus
tssbus
ssbus
Ssbus
Gsl
Ssbus
nsm
Sssbus1

Ssm
Vor
Sbs
Rsb
Bbu
Ggd
Gst
Tsm
Hal
Asm
Ksm
Wsp
Rgu
Sls
Rgu
Rgs
Pvg
Bbbpu
nsb

Jmb
Rpp
sab
Gsb
Mks
Abd
Pls
Bml
bbt
Jmb
Rmb
Syp
Ptm
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी श्याम कृष्ण अधिकारी आएको २ महिनामा चोरी तस्करी नियन्त्रणमा १ करोड ४० लाख राजस्व राज्यलाई उपलब्ध भएको र दोषी नउम्कियोस् र निर्दोषले अनाहकमा कहिल्यै पनि सजाय नपाओस् भन्ने सोचका साथ काम गर्ने एसपी अधिकारीले बाँकेमा सक्रियता बढाएका छन् ।
नेपाल प्रहरीमा अब्बल प्रहरी अधिकारीको छवि बनाएका एसपी अधिकारीले बाँकेमा अपराधी पक्राउ गर्नेदेखि अन्य सफलता हासिल गर्ने प्रयासमा छन् । गलत कार्य गर्ने जो कोही भएपनि कसैलाई नछोड्ने एसपी अधिकारी बाँकेमा आएदेखि राम्रो कार्यको सुरुवात गर्दै आएका छन् । बाँके प्रहरी प्रमुखको कमाण्ड सम्हालेको दुई महिना नपुग्दै उनले अपराधीदेखि सजाय पाएर फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गर्दै आएका छन् । एसपी अधिकारीले भारतबाट अवैध रुपमा बाँके ल्याउने तस्करीका सामाग्री बरामदका साथै तस्करहरुलाई समेत पक्राउ गर्दै आएका छन् ।
एसपी अधिकारीको कमान्डले बाँकेको कोहलपुर हत्या (बलाइन्ड मर्डर)जस्ता जघन्य अपराध गर्ने अपराधीलाई छोटो समयमै पत्ता लगाएर पक्राउ गर्न सफल भएका छन् । चाहे हतियारधारी अपराधी हुन् यात जंगली जनावरका अङ्ग तस्करहरु हुन् उनले हतियार र जनावरका अङ्ग सहित अपराधीलाई पक्राउ गर्न सफल बनेका छन् ।
एसपी अधिकारीले लागू औषध निस्तेज पार्न सबै प्रहरी कार्यालयलाई कडा आदेश दिएपश्चात् लागू औषध बरामद देखि कारोबारी र प्रयोगकर्ता धमाधम पक्राउ पर्दै आएका छन् । यतिमात्रै हैन, नेपालगन्जबाट चोरी भएका मोटरसाइकलहरु फेला पारी एसपी अधिकारीले सम्बन्धित सवारीधनीलाई बुझाउँदै आएका छन् । आफ्नो कार्यकाल बाँकेलाई अपराध मुक्त पार्ने सोच बनाएका एसपी अधिकारीले भर्खरै मात्र सन्ते भन्ने बसन्त रावतसहित तीन जनालाई पक्राउ गर्न सफल भएका छन् । एसपी अधिकारी आएदेखी बाँकेमा अपराधी पक्राउ होस् चाहे अवैध सामाग्री बरामद होस् ,बाँके प्रहरीले हरदिन सफल काम गर्दै गएको छ।
