
pku
Ggp
Pbu
Unsku
Lnp
Sgr
Rgp
Srbpu
Rgp1

Sbs
Sls
nsb
Gst
Ssm
Rsb
Bbbpu
Rgs
Asm
Bbu
Rgu
Tsm
Vor
Pvg
Rgu
Hal
Ggd
Ksm
Wsp

Mks
Jmb
Ptm
Bml
Syp
Rpp
Gsb
bbt
Abd
Rmb
sab
Jmb
Pls
गुल्मी । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन लक डाउनका कारण अलपत्र मजदुरहरुको उद्धार गरिएको छ । जिल्लामा बिभिन्न स्थानमा रहेका आयोजनाहरुमा काम गर्दै आएका ४ सय वढि मजदुरहरुलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा सम्बन्धी ठाउँमा पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए।जिल्लामा रहेका जोहाङ्ग, कालिगण्डकी करिडोर, पुल, रुद्राबेणी, वामीटक्सार लगायतका स्थानमा काम गर्दैका बिभिन्न जिल्लाका मजदहरु रहेका थिए । लक डाउनको समयमा लामो समयसम्म थपिएपछि स्थानीय तह, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय गुल्मी, लगायतको सहकार्यमा जिल्ला भित्र काम गर्ने अनेतत्र जिल्लाका अलपत्र मजदुरहरुलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए।जिल्लाका बिभिन्न योजनाहरुमा काम गर्दै आएका रुकुमा, प्युठान, बाग्लुङ रोल्पा बाके, बर्दियाँ,धादिङ्ग, नुवाकोट,दाङ्ग लगायतका स्थानका मजदुरहरुलाई प्रशासनको पहलमा सम्बन्धी ठाउँमा पठाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एमब् सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । प्रशासनले अनेत्र जिल्लाबाट यस जिल्ला हुदै पैदल आउनेहरुलाई पनि स्थानीय तहको सक्रियतामा सम्बन्धीत ठाउँमा पठाउने काम शुरु गरेको पाण्डेयले बताए ।जिल्लामा आइवार मात्रै पैदलै हिडेर गुल्मी आईपुगेका ५३ जना मजदुरहरुलाई गुल्मीमा स्थानीय तहको सक्रियतामा उद्धार भएको हो । लकडाउनका कारण पछिल्लो समयमा स्थानीय प्रशासन कार्यालयले बिरामी परेका र काजकिरिया र अत्यावश्यक काम बाहेकका व्यक्ति र सवारी साधनहरुलाई सवारी पास उपलब्ध नगराएपछि मजदुरहरु पैदलै हिड्न वाध्य बनेका छनन् । जिल्लाका स्थानीय तहहरुले पैदल यात्रा गरेर सनिवारसम्म जिल्ला भित्रिएका ५३ जना मजदुरहरुलाई एकएक रात स्थानीय क्वारेन्टाईनमा राखेर खानपिनको व्यवस्था सहित उनीहरुलाई सवारी साधन मार्फत सम्बन्धित जिल्ला र नाकाहरुमा पुराउने काम शुरु गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।मुसिकोट नगरपालिकाले पर्वतको कुस्मावाट पैदल हिडेर प्यूठान जाँदै गरेका ११ जना मजदुरहरुलाई उद्धार गरि जीप मार्फत प्यूठान पुराएको नगर प्रमुख सोमनाथ सापकोटाले बताए । धुर्कोट गाउँपालिकाले पनि पर्वतवाट हिडेर प्यूठान जाँदै गरेका १६ जना मजदुरहरुलाई उद्धार गरि सनिवार सवारी साधन खोजेर प्यूठान पुराएको छ । पर्वतमा खानेपानी आयोजनामा काम गर्दै आएका उनीहरुलाई लकडाउनका कारण काम गर्ने वातावरण नभएपछि सवारी साधनको अभावमा वाध्य बनेर उनीहरु पैदलै हिडेर घर र्फकन लागेका हुन् । उनीहरुलाई एकदिन स्थानीय क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाएर सनिवार प्यूठान पुराईएको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए । बाँके कोहलपुर नगरपालिका घरभई वाग्लुुङ्गमा खानेपानी र पुलको काम गर्दै आएका २४ जना मजदुरहरुलाई रेसुङ्गा नगरपालिकाले उद्धार गरेको छ । केही पुरुष, महिला र ससाना वालबच्चा सहित पैदल हिंडेर उनीहरु चारदिनको यात्रागरि सदरमुकाम तम्घास आईपुगेका थिए । रेसुङ्गा नगरपालिकाले उनीहरुलाई खानेबस्ने व्यवस्था सहित एक दिन तम्घास स्थीत महेन्द्र माविको क्वारेन्टाईनमा राखेर सनिवार जीप मार्फत प्यूठानसम्म पुराउन नगरपालिकाले सहयोग गरेको रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बताए । पोखरामा मजदुरि गर्दै आएका प्यूठान गौमुखि गाउँपालीकाका ६ जना मजदुरको पनि उद्धार गरिएको छ ।पैदल यात्रा गर्दै घर फर्कदै गरेका मजदुरहरुलाई छत्रकोट गाउँपालिकाले सवारी साधन मार्फत सम्बधित स्थानमा पुराएको छ ।बाग्लुङ्गको गल्कोट नगरपालिका अन्र्तगत दरमखोलामा पुलमा कामगर्दै आएका सल्यानका १० जना मजदुरहरुलाई मालीका गाउँपालिकाले उद्धार गरेको छ । पैदलै हिंडेर मालिका पुगेका सबैलाई स्थानीय पालिकाले खाना खुवाएर जीप खोजेर सल्यान पठाएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । सुर्खेतवाट एघार दिको पैदलयात्रा गर्दै वाग्लुङ्गको ढोरपाटन नगरपालिका तर्फ जाँदै गरेका नौं जना मजदुरहरुलाई रुरुक्षेत्र गाउँपालिकाको रिडीमा उद्धार गरिएको छ ।रिडी आईपुगेका सबै जनालाई स्थानीय रुरु फ्रेण्ड्स क्लवले रिडीले खानाको व्यवस्थापन गरि बुर्तिवाङ्ग पठाएको क्लवका अध्यक्ष रामलाल विश्वकर्माले बताए ।
