Sidha Patra आइतबार, बैशाख ०७, २०७७

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ ।

यसअघि भारतसँग निर्भर नेपालले गत फागुनदेखि भारतमा नै महामारीका कारण नेपालमा स्यानिटाइजर र माक्स भित्रिन छाडेपछि औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योगलाई उत्पादनको अनुमति दिन थालेको हो ।

विभागले गत फागुन महिनामै नेपालमा स्यानिटाइजर र माक्सको अभावका नाममा कालोबजारी सुरू भएपछि यी सामानको उत्पादनका लागि नेपाली औषधि उद्योगीलाई आब्हान गरेको थियो ।

विभागको सोही आब्हानपछि हाल सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडसहित अन्य निजी उद्योग गरी झण्डै २० वटाले स्यानिटाइजर उत्पादन गर्ने गरी अनुमति लिएर उत्पादन सुरू गरेको विभागले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]