
Bs1
nsm
Ssbus
Pbu
Gsl
Ssbus
ssbus
Sssbus1
Sssbus1
Ssbus
tssbus

Tsm
Ksm
Hal
Bbbpu
Rgu
nsb
Asm
Rsb
Ggd
Rgs
Rgu
Sls
Wsp
Ssm
Vor
Bbu
Sbs
Pvg
Gst

Bml
Syp
Pls
Jmb
Rpp
Ptm
Mks
Rmb
bbt
Gsb
Abd
sab
Jmb
काठमाडौं । दोब्बर कर असुल्न खोजेको भन्दै ठेकदारहरूले लमही नगरपालिकामा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण कर्मचारीहरु भित्रै थुनिएका छन् ।
लमही नगरपालिकाका वडा नम्बर ६, ७ र ८ नम्बर वडाका सडक ग्राभेल गर्ने योजना अनुसार ठेक्का दिएको थियो । ठेकेदारहरुले रोल्पा, प्युठान लगायतका सप्लायर्सबाट ढुंगागिट्टी किनेर बाटो ग्राभेल गरेका थिए ।
त्यसको भ्याट बिल उनीहरुले नगरपालिकासमक्ष पेश गरे पनि कर्मचारीहरुले नगरपालिकाकै भ्याट बिल हुनुपर्ने भनेपछि तालाबन्दी गरिएको एकजना ठेकदारले बताए ।
उनले भने, ‘राप्ती नदीको बगरबाट माल उठाउँदा प्रहरीले पक्रिन्छ भनेर हामीले रोल्पाको एक सप्लायर्सले डम्पिङ गरेर राखेको माल किनेर काम पूरा गर्यौं तर अहिले लमही नगरपालिकाकै भ्याट बिल चाहिन्छ भनेर डबल कर असुल्न खोजिएको छ ।’ उनले यो काममा करिब ५०–६० लाख खर्च भएको पनि बताए ।
यता लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले हाम्रा योजनामा अरुका भ्याटबिल किनिदिनुपर्छ भन्ने ठेकदारको माग स्वीकार्न नसकिने बताए ।
लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले लमही नगरपालिका भित्रका योजनामा बाहिरका पालिकाको भ्याट बिल प्रयोग गरिएकाले स्वीकार्न नसकिएको बताए ।अनलाइन खबरबाट
