
Pbu
Srbpu
cjs
Gfs
Rgp1
Sgr
Djs
Lnp
Unsku
pku
Rgp
Pes
sbs
Ggp

Pvg
Rgu
Sls
Ksm
Rsb
Wsp
Rgu
Vor
Ssm
Asm
Rgs
Sbs
nsb
Hal
Tsm
Bbbpu
Ggd
Bbu
Gst

bbt
Mks
Pls
Rmb
Bml
Syp
sab
Rpp
Ptm
Jmb
Jmb
Abd
Gsb
१६ बर्ष कटिसकेका ४० बर्ष ननागेका आखामा मिठा सपना अनि काधमा जिम्मेवारी बोकेका नयाँ नया सोच, जोस र जागरले बेहुला र बेहुली जस्तै सजिएका अनि यथास्थिति, परिस्थिति र मनस्थितीलाइ आत्मसाथ गर्दै देश विकासको लागी गाउँ-गाउँबाट उठ्ने अनि बस्ति- बस्तीबाट उठ्ने, नेपाल आमा रोइरहदा आसु पुछिदिनको लागी जुरमुराउने बुढेउली लाग्नु भन्दा अगाडीको जमात हो युवा । बालबालिका मिठा सपना अनि वृद्ध आमा बुबाको सम्झानाको प्रतिनिधित्व गर्दै ढुङ्गा खाएर पनि ठाउँको-ठाउ पचाउन सक्ने शक्तिशाली अवस्था हो; युवा अवस्था। भबिस्यको कर्णाधार, वर्तमानको साझेदार तथा आमुल परिवर्तनको सम्वाहक पनि हुन युवा। कुनै पनि देशको विगत, वर्तमान र भविष्य त्यस देशका नागरिकले प्राप्त गरेको शिक्षाले निर्धारण गर्ने हुदा राष्ट्र कति सक्षम अनि आत्मनिर्भर छ भन्ने कुरा त्यहाँको शैक्षिक अवस्था आफै बोल्ने गर्छ। शिक्षा भनेको बाल्टिन भर्नु होइन आगो सल्काउनु हो। तर शिक्षालाइ किताबी ज्ञानसंग मात्र जोड्नु हाम्रो मुर्खता शिवाय अरु केहि पनि हुन सक्दैन।नेल्सन मण्डेलाले भन्नुभएको छ ” शिक्षा संसारकै शक्तिशाली हतियार हो जस्लाइ संसार बदल्न प्रयोग गरिन्छ भनेर। आज विश्व परिवेशमा शिक्षाको रुपान्तरणमा युवाको भुमिका भन्दै बहस चलिरहेको छ।वास्तवमै शिक्षाको रुपान्तरण भनेको के हो? यो किन आवश्यक छ? शिक्षाको रुपान्तरण भयो भने के हुन्छ अनि भएन भने के हुन्छ र? राजनितिक पार्टिका झण्डा बोकेका कार्यकताको विचमा गएर ठिङग उभिएर चिल्ला भाषण गर्न जतिकै सजिलो छ र शिक्षामा रुपान्तरण गर्न ? आखिर किन युवा नै चाहियो? यावत कुराहरुलाइ मनन गर्न जरुरी छ। शिक्षाको रुपान्तरण भनेको त्यस्तो रुपान्तरण हो जसको अनुपस्थितमा कुनै पनि देशको आर्थिक, सामाजिक, राजनितिक तथा सास्कृतिक क्षेत्रहरुमा कदापी पनि विकास हुन सक्दैन।अब, हामी सबैले मनन गर्न जरुरी छ कि नेपालको शिक्षा प्रणालिमा आमुल रुपान्तरणको आवश्यकता महसुस भएको छ भन्ने कुरा। कोरा घोकन्ते शिक्षा प्रणालीलाइ प्रयोगात्मक, बैज्ञानिक र जिवनउपयोगी शिक्षा प्रणालीमा रुपान्तरण गरेर मात्र समृद्ध नेपालको कल्पना साकार हुनेछ। शिक्षाको रुपान्तरणमा समाजका सबै उमेरसमुहका मानिसहरुले आ-आफनो स्थानबाट योगदान पुराउनुपर्छ। यसमा पनि युवा वर्गको योगदान विशेष हुनुपर्छ। युवा जस्ले आटेमा संसार बदल्ने खुबी राख्दछ उसले शिक्षाको रुपान्तरण गर्न विशेष पहलदानी चाल्नुपर्छ। समाज बदल्ने क्षमता युवामा छ। शिक्षाको रुपान्तरण गर्न कम्मर कसिएको युवाले प्रमुखत: शिक्षाको वर्तमान अवस्था र यसको रुपान्तरणको आवश्यकतालाइ मनन गर्न जरुरी छ। यतिबेला संसारभरी नै बदलिदो परिवेशमा शिक्षाको रुपान्तरणमा युवाको भुमिकालाइ कसरी धार लगाएर शक्तिशाली हतियार बनाइरहने भन्ने बहस चलिरहेको छ। तर विडम्बना देशकै मेरुदण्ड अनि हरेक क्षेत्रको आमुल परिवर्तनको खम्बा मानिने युवालाइ नेपालको शिक्षा प्रणालीले साउदी मलेसिया जस्ता खाडी मुलुकमा ५५ डिग्रीको तापक्रममा आफना नाडी र नङ्ग्रा खियाउन बाध्य बनाइरहेको छ भने अर्कोतिर अध्ययनको नाउमा अमेरिका, अष्टेलिया गइरहेका युवा आफुभन्दा ठुलो भाडाभित्र पसेर बहुत बडियाका साथ: “मलाइ के सोचेको होला, हामी यस्तै हो नि ब्रो” भन्दै भाडा भित्र पौडी खेल्दै भाडा मस्काइरहेका छ्न।अझ कतिपय साथिहरु त: काण्डका नामबाट युटुबमा भाइरलै भाइरल छन। हामिले शिक्षामा रुपान्तरण चाहने हो भने अब “ए.पि.पि.एल.इ Apple”…Apple माने स्याउ भनेर घोकाउने होइन अब “ए.पि.पि.एल.इ Apple”…”Apple माने स्याउ, टोकरिमा छ बाबु लिएर आउ” भनेर जिवनउपयोगि, नैतिक र व्याहारिक शिक्षा दिन जरुरी छ। त्यसपछी कस्तो किसिमको रुपान्तरण गर्नुपर्ने हो। त्यसको ज्ञान लिइ सो रुपान्तरण कार्य गर्न कस्ता-कस्ता कर्महरु गर्नुपर्छ। हो त्यसतर्फ दत्तचित्त भएर लाग्नुपर्छ। यसको लागि समाजमा विद्यमान जडताबादी सस्कृती, राजनितिक सक्ती एवम शिक्षा व्यापारीसग हामी युवाको द्र्न्द पर्न सक्छ। त्यसका लागी युवा तयार हुनुपर्छ। शिक्षाको रुपान्तरणमा थुप्रै चुनौतिहरु आउनेछन जसको लागी तयारी हुनुपर्छ। शिक्षाको रुपान्तरण भर्खरै भैइहाल्ने कुरा होइन। यो त निरन्तरको प्रयास र प्रयोगको उपज हो।शिक्षाको रुपान्तरण गर्छु भनेर महायात्राको थालनी गरेको युवामा मृत्युपर्यन्त सम्म नथाक्ने र नगल्ने धैर्यता आवश्यक छ। हाम्रो शिक्षा प्रणालिमा भएका साना-साना देखी ठुला-ठुला सुधार गरिनुपर्ने पक्षहरुको यथोचित ज्ञान र जानकारी युवावर्गमा हुनुपर्छ।एउटा युवाले केहि गर्न सक्ला या नसक्ला तर सयौ युवाहरुले जे पनि गर्न सक्छ्न। युवावर्ग बिचमा यस कर्मको लागी सामुहिक एकताको भावना हुनुपनि आवश्यक छ। शिक्षाका निति, कानुन, एन नियम, पदती, प्रयोग लगायतका थिती बसाल्न, सुझाव दिन युवाहरु सक्रियरुपमा सहभागी हुनुपर्छ र सहभागी गराइनु परपेज:२….एउटा युवाले केहि गर्न सक्ला या नसक्ला तर सयौ युवाहरुले जे पनि गर्न सक्छ्न। युवावर्ग बिचमा यस कर्मको लागी सामुहिक एकताको भावना हुनुपनि आवश्यक छ। शिक्षाका निति, कानुन, एन नियम, पदती, प्रयोग लगायतका थिती बसाल्न, सुझाव दिन युवाहरु सक्रियरुपमा सहभागी हुनुपर्छ र सहभागी गराइनु पर्छ। तपाइहरुलाइ फेरि सम्झना गराउन चाहान्छु ति विगतका कुरा : अहिलेसम्म नेपालमा धेरै क्रान्तिहरु भए नेपाली युवाहरुले लडेर गणतन्त्र, लोकतन्त्र अनि राजा फालेर प्रजातन्त्र पनि ल्याउन सफल भए। यि विगतका घटनाक्रमहरुलाइ हेर्दा पनि हामी युवासक्तिलाइ मनन गर्न सक्छौं । अब देशमा कुनै फलामे हतियारले युद्ध गर्न आवश्यक नभएको र कलमले हतियारले शिक्षामा क्रान्ति गर्न जरुरी रहेको छ।युवामा त्यो सम्भावनाको खानी अथाहा रहेकोले शिक्षाको रुपान्तरणमा युवाको भुमिका अहम रहेको छ। एउटा युवा इलम मस्क जो स्कुल नगएर, घरमै बसि सो अध्ययन गरेर, अध्ययनलाइ खेलको रुपमा लिएर, चन्द्रमामा बस्ति बसाउने लक्ष्य राख्छ अनि ठुला-ठुला अन्तरिक्ष कम्पनी तथा नासाले गर्न नसकेको काम एक व्यक्ती एक युवाले चन्द्रमामा रकेट पठाएर संसार चकित पार्न सक्छ। एक युवा जो कलेज नगइ, घरमै पढेर, कलेज टप्न सफल हुन्छ अनि “Memory King: Guinness World Record Holder” बनेर अर्पण शर्माको नामले परिचित हुन सक्छ अनि आफनै शैलिमा: आफनै भाषामा शिक्षा प्रणाली रुपान्तरण गर्न सक्छु भन्ने आट गर्न सक्छ: बर्षौ स्कुल, कलेज धाइरहेका विधार्थलाइ एक हप्ताको तालिम दिएर बिद्यार्थीमा आमुल परिवर्तन गर्न सक्छ भने अब मनन गर्नुस कि शिक्षाको रुपान्तरणमा युवाको भुमिका कति हुन्छ भन्ने कुरा।
हो, म मान्छु; सविधानको मौलिक हकमा शिक्षा विषय समावेश, नयाँ शिक्षा निति जारी र नयाँ कानुनको निर्माण हुनुले शैक्षिक रुपान्तरणको बाटो तय गरेको छ। तर स्थानीय तह, शिक्षक तथा समुदाय र हामी युवाले सक्रिय जिम्मेवारी बहनको साथमा प्रविधी र सुशासनलाइ जोड दिदै सिकाइ केन्द्रीत रुपान्तरण गर्न जरुरी छ जुन आजको आवश्यकता हो।शिक्षालाइ व्यावसायिक बनाइनु, शिक्षा क्षेत्रमा अनावश्यक राजनितिकरण हुनु, समय सुहाउँदो शिक्षा निति नहुनु, प्रारम्भिक कक्षाहरुमा दक्ष शिक्षकको व्यवस्था नहुनु, शिक्षा सिपमुलक र जिवन उपयोगि हुन नसक्नु, सस्कृत र विज्ञान दुबै विषयको शिक्षा एकै प्रकारले पठाइनु जस्ता अबैज्ञानिक शिक्षण अभ्यास हुनु, बालबालिकाले गुणस्तरिय शिक्षा प्राप्त नगर्नु, दक्ष योग्य शिक्षकको अभाव हुनु, परिक्षालाइ नम्बरमुखी मात्र बनाइनु लगायतका विविध सुधार गरिनुपर्ने समस्याले शिक्षा क्षेत्र गाजिएको छ। यि र यस्ता यावत विषयहरूलाइ रुपान्तरण गरि सुधार गरिनुपर्छ। यसको लागी अगाडी बढनुपर्ने जमात भनेको युवा नै हो।युवा सक्ती हो, युवा सम्भावना हो, युवा वर्तमान हो र युवा हर कुराको निर्धारण गर्ने भविष्य पनि हो। बुझे, ” युवा ताजगिले भरिएको एक कलम हो” नबुझे, ” युवा त्यो डरलाग्दो आणविक बम हो”। हतियार र कलम दुबै परिवर्तनका वस्तु हुन। हामी युवालाइ कुन वस्तुको रुपमा प्रयोग गर्ने र कस्तो प्रतिफल लिने भन्ने कुरामा हामी पुर्व सचेत हुन जरुरी छ। हिजोका दिनमा युवालाइ हतियार बनाइयो, हो त्यो त्यतिबेलाको समयका लागी आवश्यकता थियो होला तर आज विश्व विज्ञानको युगमा प्रवेश गरिसकेको छ। आविष्कारले जिवनलाइ सहज जति बनाइ रहेको छ नि त्यती भयविहित पनि बनाइ रहेको हुनाले यि कुरालाइ हामी नकार्न सक्दैनौ र यो यथार्थ पनि हो। आज युवामा नैतिक शिक्षाको, व्यावहारिक शिक्षाको, सिपमुलक र व्यावसायिक शिक्षाको, वैज्ञानिक शिक्षाको खाचो छ। यि सबै आवश्यकतालाइ मनन गर्न युवा नै चाहिन्छ । युवामै सम्भव छ। किनकी भोको व्यक्तिलाइ मात्र थाहा हुन्छ; अन्नको महत्व भनेझै आफनो जिवनको महत्वपूर्ण समय बर्बाद गरिसकेका हिजोको मान्छेले कदापी पनि आजको भोको युवाको प्रतिनिधित्व गर्न असम्भव छ ।त्यसका लागी युवामा मात्र सम्भव रहेकोले शिक्षाको रुपान्तरण युवाको भुमिका अहम रहन्छ। युवा भविष्यको कर्णाधार होलान न होलान मलाइ थाहा छैन तर युवा वर्तमानका अवश्य कर्णाधार हुन। किनकी एक युवाले आफुले खाएको चुइकमको खोल डस्बिनमा राखेर सहर सफा राखन मद्दत गर्न सक्छ। एक युवा बाटो काट्दा आकाशे पुलको प्रयोग गरेर दुर्घटनाबाट बच्न र बचाउन सक्दछ। एक युवा दृष्टिविहिन तथा वृद्ध आमा बुबालाइ निश्चित गन्तव्यमा पुराउन मद्दत गर्न सक्छ भने अब भन्नोस् युवा वर्तमानमा कर्णाधार कसरी बन्न सक्दैन। हामिलाइ आजसम्म युवा भविष्यका कर्णाधार हुन भन्दै जुन अन्धकारमा राखेर हामी माथी बुढाले राजनिती गर्ने, नारा बनाउनु सिवाय अरु केहि गरेका छैन।वर्तमान परिपेक्षमा हेर्दा नेपालका निजि विधालयहरु शिक्षाको नाउमा पैसा आर्जन गर्ने होडबाजीमा दौडिरहेका छ्न भने सरकारी विधालयमा पठाउने शिक्षक “१२ बजे आएर २ बजे फर्कने: जनतन विधालयमा बस्यो भने कक्षाकोठा भित्रै निदाइदिने जस्ता तमाम समस्याहरु रहेका छ्न। त्यसैले सो समस्याका समाधानका लागि हामी युवा एकजुट भएर कटिबद्धका साथ मैदानमा उत्रन जरुरी छ । अनि बल्ल भन्न पाइन्छ; “शिक्षा सबैको लागी, अनि सधैको लागि”। एक व्यक्ती भन्छ्न” २१ औ शताब्दीका बिद्यार्थीलाइ २० औ शताब्दीका शिक्षक: अनि १९ औ शताब्दीका पाठ्यक्रमलाइ: १८ औ शताब्दीको विधिले पढाइदै छ” त्यसैले अब हामी युवाहरुले देशमा गणित साध्य अनि विज्ञानका Experiment घोकाउने प्रवृदिको विकास गर्ने होइन देशमै जिविको पार्जन गर्ने अनि जिवनपयोगि सिप दिन आवश्यक छ। जो मान्छेले उपयुक्त अवसर पायो भने एक छिन कल्पना गरौ त के गर्न सक्छ होला? २८ बर्षको उमेरमा जङ्गल छिरेको एक युवा लामो दिनको कठिन तपस्यापछि ४० बर्षको उमेरमा देवत्व प्राप्त गरि भगवान बुद्धको नामले चिनिन्छ। १७ बर्षको उमेरमै एक युवा राजाको जिम्मेवारी समाल्दै एउटा अकल्पनीय लडाइ लडि विशाल नेपालको एकीकरण गर्न सफल हुन्छ।१७ बर्षकै एक युवा कान्छो सहित बनेर सारा जनतालाइ आफनो हकअधिकारका निम्ती लडन र बोल्न सिकाउछ र लखन थापा नाम सबैको मन मस्तिष्कमा छाप्न सफल हुन्छ।भिरालो बाटोमा फलामको डल्लो काधमा बोकि जस्ताको त्यस्तै तलाउको गाउमा ल्याएर गाउँलाइ सारा नेपालिको सपनाको सहरमा रुपान्तरण गर्न सक्छ र प्यारो काठमाडौ बन्छ। यि त उदाहरण मात्र हुन! भो आज यि कुरा यहि रोके। नितिनिर्माणमा बसेकाहरुलाइ के कुरा राख्न चाहान्छ भने; शिक्षाको स्तर उकास्नको लागी पुर्ण प्रतिबद्धता चाहिन्छ। बिद्यार्थीलाइ राजनितीबाट पर राख्न्नुपर्दछ।किनकी बिद्यार्थी कुनै पनि राजनिती पाटिका ढाल होइनन उनिहरु परिवर्तनका खम्बा हुन। सरकारको शिक्षाप्रतिको प्राथमिकता मात्र होइन त्यसमा दुरदृष्टि पनि हुनुपर्छ। आजका युवासक्तिलाइ उचित पथ प्रदर्शनको लागी नैतिक, प्राविधिक र जिवनपयोगि शिक्षालाइ बढी भन्दा बढि प्रभावकारी बनाउन भुमिका खेलौ।
अन्तत: युवालाइ खाडिको ५५ डिग्रीको तापक्रममा आफनो नाडी खियाउन लगाउनु भन्दा उक्त युवासक्तिलाइ प्राविधिक र जिवनपयोगी शिक्षामा लगायौ भने पक्कै पनि हाम्रो देशले शिक्षाको क्षेत्रमा काचुली फेर्न सक्छ भन्ने कुरामा म भोको अनि प्यासी दुरदर्शी युवा विश्वस्त छु।
#उठ युवा उठ अब सुतेर हुदैन
मोबाइल चलाइ कोठाभित्र लुकेर हुदैन
शिक्षाको रुपान्तरणमा लाग्नै पर्छ हामी अब
मिल्नुपर्छ युवा अब फुटेर हुदैन
ठेगाना: सुनवल ११, मिश्रौली नवलपरासी, नेपाल
नम्बर : ९८१७५८४२५१
