
Pbu
Sssbus1
ssbus
Sssbus1
nsm
Ssbus
Ssbus
Ssbus
Gsl
tssbus

Ggd
Rgs
Ssm
Vor
Sbs
Sls
Ksm
Rgu
Asm
Bbbpu
Rsb
Bbu
Hal
Pvg
Gst
nsb
Wsp
Tsm
Rgu

Jmb
Bml
Rpp
Ptm
Pls
Abd
Mks
Rmb
Syp
Jmb
bbt
sab
Gsb
प्युठान । प्यूठानको माझिदमार र अर्घाखाँचीको चेउरेखोला जोड्ने झिमरुक नदि माथी बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ। बुधबार बिहान चार बजेतिर पुल भत्किएको स्थानीयले बताएका छन् ।
त्यस्तै पुललाई थामेका टेका पानीको बहाबले बगाइदिँदा पुल कमजोर भई भत्किएको सडक डिभिजन कार्यालय प्यूठानका ईन्जीनियर अरुण केसीले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘४ दिन अघि ढलान भएको ३५ मिटर पुलको स्ल्याप भाँचिएर नदिमा खसेको छ।’ उहाँका अनुसार प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुल ढलान गरिएको चार दिन मात्रै भएको थियो । त्यसको १४ दिनपछि बिममा जडित लट्ठा तान्नुपर्ने थियो ।
यसैगरी संघिय सरकारबाट विनियोजित ७ करोड १२ लाख रुपियाँमा निर्माण सम्झौता भएको डबल स्पानको ११ मिटर चौडाई र ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो । आउँदो भदौभित्र गाडी सञ्चालन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको इन्जिनियर केसीले बताउनुभयो। आर्थिक बर्ष २०७४/७५ मा ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि आउँदो असार २८ गते सकिदै थियो। अमर कन्ट्रक्सन प्रालीले पुल निर्माणको काम गरिरहेको थियो । पुल निर्माणपछि आउजाउमा सहज हुने आशा गरेका स्थानीयले यस वर्षामा पनि जोखिम मोल्नुपर्ने भएको छ । साभार कामना दैनिक
