Sidha Patra बिहिबार, आषाढ ०३, २०७८

प्युठान । प्यूठानको माझिदमार र अर्घाखाँचीको चेउरेखोला जोड्ने झिमरुक नदि माथी बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ। बुधबार बिहान चार बजेतिर पुल भत्किएको स्थानीयले बताएका छन् ।

त्यस्तै पुललाई थामेका टेका पानीको बहाबले बगाइदिँदा पुल कमजोर भई भत्किएको सडक डिभिजन कार्यालय प्यूठानका ईन्जीनियर अरुण केसीले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘४ दिन अघि ढलान भएको ३५ मिटर पुलको स्ल्याप भाँचिएर नदिमा खसेको छ।’ उहाँका अनुसार प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुल ढलान गरिएको चार दिन मात्रै भएको थियो । त्यसको १४ दिनपछि बिममा जडित लट्ठा तान्नुपर्ने थियो ।

यसैगरी संघिय सरकारबाट विनियोजित ७ करोड १२ लाख रुपियाँमा निर्माण सम्झौता भएको डबल स्पानको ११ मिटर चौडाई र ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो । आउँदो भदौभित्र गाडी सञ्चालन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको इन्जिनियर केसीले बताउनुभयो। आर्थिक बर्ष २०७४/७५ मा ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि आउँदो असार २८ गते सकिदै थियो। अमर कन्ट्रक्सन प्रालीले पुल निर्माणको काम गरिरहेको थियो । पुल निर्माणपछि आउजाउमा सहज हुने आशा गरेका स्थानीयले यस वर्षामा पनि जोखिम मोल्नुपर्ने भएको छ । साभार कामना दैनिक

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]