
Anm
Gmk
Gisld
Mbdvs
gst
Sds
mbd
Rbs
Pbu
Ksm

Rgu
Sbs
Gst
Ssm
Vor
Hal
Ggd
Rgu
Bbbpu
Asm
Wsp
Tsm
Bbu
Ksm
Rsb
Rgs
Sls
nsb
Pvg

Syp
Pls
Gsb
bbt
Rpp
sab
Jmb
Abd
Mks
Rmb
Jmb
Bml
Ptm
बिश्वब्यापी रुपमा कोरोना भाईरस(कोभिड १९) ले त्रासदी फैलाएको छ ।यो भाइरसका कारण कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । नेपाल पनि त्यस्को उच्च जोखिममा रहेको भन्दै सरकारले ‘लकडाउन’ गरिरहेको छ। भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ । यसै बिच प्युठानको ऐरावती गाउँपालिकाले भाईरसका कारण जारी गरिएको लकडाउनको कार्यान्वयन र कोरोना संग जुध्न अपनाईएका सतर्कता एवं उपाएका बारेमा ऐरावती गाउँपालिका अद्यक्ष नविल विक्रम शाहसंग पत्रकार श्रीधर भट्टराईले गर्नुभएको कुराकानिको सारसंक्षेप।
१) सरकारले लक डाउनलाई थप कडाई गरको छ ? त्यसका लागि ऐरावती सरकारले कसरी काम गर्दैछ ?
🎸सर्बप्रथम त विश्वभर फैलिईरहेको कोरोना भाईरस (कोभिड १९)का बारेमा सवैले जानकारी राख्नु आवश्यक छ । त्यसैले ऐरावती गाउँपालिकाले गन्र्धवहरु परिचालन गरेर सारङ्गी मार्फत सर्वसाधरणलाई कोरोना भाईरस र यसले विश्वमा निम्ताएको जोखिमको बारेमा जानकारी गराईसकोले लक डाउनको पालन ऐरावतीवासी स्वत गरिरहेका छन् । महामारीको यस विषम परिस्थितिमा घरबाट बाहिर ननिस्कने, एक अर्कासँग नजिक नहुँने गर्नुपर्छ । भाईरस संक्रमणको लक्षण सवैलाई नदेखिए पनि उसले भाईरस सारिरहेको हुन सक्ने भएकाले लक डाउनको पूर्ण पालना गर्न म ऐरावती बासीहरुमा हार्दिक अनुरोध गर्न चाहन्छु ।
हामिले देश बाहिरबाट आउने वा लक्षण देखिएका ब्यक्तिहरुलाई तत्काल क्वारेन्टाइनमा राख्ने र उनीहरुको स्वास्थ्य परिक्षणको ब्यवस्था मिलाउने गरेका छौं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि साथीहरुको सक्रियतामा हामिले यसका बारेमा शुरुदेखि नै सचेतनामा जोड दियौं । माईकिङ गर्ने, पर्चा वितरण गर्ने, सारङ्गि र गित मार्फत सचेत रहन गन्र्धव समुदायनै परिचालन गरेर गित मार्फत सचेतना जगाउने तथा गाउँपालिकामा भित्रनेहरुको लगत संकलन गरेका छौं । वेवसाईट, फेसबुक पेजहरु प्रयोग गरेका छौं । जसबाट घरमै बसेर पनि ऐरावतीबासीहरुलाई सचेत रहन र कुनै समस्या परे तत्काल खबर गर्न अनुरोध समेत गरिरहेका छौं ।
२) लक डाउनकै कारण समस्यामा परेका ज्यालादारी श्रमिक, असहायको पहिचान र राहत वितरण के कसरी हुँदैछ ?
जो दैनिक काम गरेर गुजारा चलाउने वर्ग छ उनीहरुको समस्या हामीले मूख्य रुपमा लिएका छांै । दैनिक ज्यालामा काम गरेर साँझ विहानको गुजारा चलाउने श्रमिक बर्गसँगै असंगठित मजदुर, असहाय, एकल महिला, बृद्धबृद्धा, अपाङ्गहरु जसको आयआर्जनका बाटाहरु बन्द भएका छन, उनीहरुलाई राहत वितरण कार्यविधि नै बनाएर हामी उनीहरुको लागत संकलन गरिरहेका छौं ।
वडा कार्यालयले सर्वपक्षिय बैठक बसेर राहत पाउनु पर्ने परिवारको तयार गरेको लिष्टमा गाउँपालिकाले रुजु गरेर आवश्यक खाद्यान्न पठाउने गरिएको छ । मजदुरहरुको समस्या हामीले हाम्रो पनि समस्या भएकोले यस विषयमा गम्भिर भएर लागेका छौ । गाउँपालिकाले ४ जनासम्म परिवार संख्या भएकोमा २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, २ लिटर तेल र साबुन दिने गरेका छौं । , ४ जनाभन्दा कम परिवार संख्या भएमा त्यसको आधा वितरण गर्ने गरी तयारी गरेका छौं ।
३) क्वारेन्टाइनको अवस्था के हो ? बाहिरबाट आएका कति हुन ? कति बसेका छन् ? किन बस्न मानेनन ?
ऐरावती गाउँपालिका भित्र ४ स्थानमा सय वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । त्यसबाहेक आवश्यक परेको खण्डमा अन्य स्थानमा पनि क्वारेन्टाईन बनाउन सकिने गरी निर्णय पनि गरिसेका छौं । फागुन ३० गतेपछि हाम्रो पालिकामा ४१६ जना भारत तथा तेश्रो मुलुकबाट भित्रिएका छन् । ३३ जना अहिले क्वारेन्टाईनमा बसि रहेका छन् । क्वारेन्टाईनमा बस्नेलाई खाना र खाजाको ब्यवस्था गाउँपालिकाले गरिरहेका छौं ।
४) अहिलेको महामारीमा जनताले स्थानीय सरकारको अनुभुती गर्न पाए त ? कसरी ?
यो महामारीको बेला मात्र नभएर हामि जुनसुकै बेलापनि ऐरावतीबासीको साथमा छौं । ऐरावतीबासीको दुःख सुःखलाई हामी निरन्तर नजिक रहेर काम गरिरहेका छौं । त्यसैले मलाई लाग्छ ऐरावतीबासीले स्थानीय सरकारको प्रत्यक्ष अनुभुति हुने गरी काम गरिरहेका छौं । तर यो मुल्याकंन तपाई जस्ता पत्रकारहरु र ऐरावतीबासीहरुले मुल्यांकन गर्ने कुरा हो । हामीले कोरोना भाईरसको महामारीका बेला ऐरावतीबासीहरुलाई भोकै मर्न पर्दैन भन्ने प्रतिवद्धता गरेका छौं । शंकास्पद विरामीलाई निशुल्क उपचारमा सहयोग गरेका छौं । १ जना भारतबाट आएका पुरुषलाई स्वाब परिक्षणका लागि बुटवल पुराई उपचार गरि फर्कनु भएको छ । भने अर्का १ जनालाई वेलझुण्डि दाङमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा परिक्षणको लागि पठाईएको छ । भारत र तेश्रो मुलकबाट आएकाहरु मार्फत संक्रमण फलिने सम्भावना भएकाले उनीहरुको निगरानी बढाएका छौं । विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टाईनमा बसेकाहरुलाई गाउँपालिकाबाट समेत नियमित अनुगमन गर्छाै । घरमै बसेकाहरुलाई महिला स्वास्थ्य स्वयमसेविका र जनप्रतिनिधिहरुले नियमित निगरानी गरिरहनुभएको छ । उनीहरुमा कुनै पनि खालको स्वास्थ्य समस्या भएमा तत्काल उपचारको प्रवन्ध गर्ने गरेका छौं ।
५) यो महामारी नियन्त्रणका लागि स्थानीय सरकारलाई के सहयोग आवश्यक छ ?
सबैले यो समयमा घरमै सुरक्षित बसेर सहयोग गर्न म सम्पूर्ण ऐरावतीबासीहरुमा हार्दिक अपिल गर्दै यसलाई निरन्तरता दिन अनुरोध समेत गर्दछु । महाविपत्तिको यो समयमा सबैलाई सहयोगको लागि अनुरोध गर्दै भोलिका दिनमा गाउँपालिकाको एक्लो प्रयासले मात्र नहुन सक्छ । यसका लागि सवैसँग सहयोगको अपेक्षा गरेकोछु ।
