शिबराज पन्थी/गढवा बिहिबार, जेठ २६, २०७९

दाङ । गढवा गाउँपालिका वडानं. ६ को परिचोकमा बिहिवार गढवामै पहिलो पटक ज्यूदो माछाको बिक्री स्टल उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारको कृषि खाद्य प्रबिधि तथा भूमी ब्यवथापन मन्त्रालय अन्तर्गत पशुपंछि तथा मत्स्य बिकास निर्देशनालयको भेटिरेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रको आयोजनामा ज्यूदो माछाको बिक्री स्टल उद्घाटन गरिएको हो ।

गढवा गाउँपालिका वडानं. ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगरको अध्यक्षतामा भएको कार्यक्रममा पशुसेवा बिज्ञकेन्द्र दाङका कार्यालय प्रमुख सुदाम भट्टले बिक्री स्टलको शिला अनाबरण गरि स्टलभित्रको पानीमा ज्यूदो माछा राखेर स्टलको बिधिवत् उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै भट्टले मानव शरिरमा अत्याबश्यक तत्व माछामा हुने भएकोले आम नागरिकहरुलाई ताजा माछा उपलब्ध गराउने सरकारको निती बमोजिम ज्यूदो माछाको बिक्री स्टल अभियानलाई प्रदेशले अगाडी बढाएको बताउनुभयो । मनिसमा हुने हृदयघात र केल्डस्टोर रोगलाई माछाको सेवनले हटाउने भएकोले पनि मानव शरिरलाई माछा उपयुक्त भएको बताउनुभयो ।

प्रदेश सरकारको ४ लाख र स्थानीय ब्यवसायी रेशम बहादुर शाहीको ४ लाख गरि कूल आठलाखको लागतमा सो स्टल निर्माण गरिएको पशुसेवा बिज्ञ केन्द्र दाङका योजना अधिकृत कृष्ण न्यौपानेले जानकारी दिनुभयो । गढवामा ज्यूदो माछाको बिक्री स्टल स्थापना भएको थाहा पाएर गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले कार्यक्रमको स्वागत गर्दै स्वतःस्फूर्त पञ्चैबाजा बजाएर कार्यक्रमलाई रोचक र रौनकपुर्ण बनाएको थियो ।

कार्यक्रममा गढवा ६ का वडा अध्यक्ष बिरबहादुर आले, वडा सदस्य दिनमणि आचार्य,गढवा होटल ब्यवसायी संघका अध्यक्ष दयाराम थापा तथा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष चुडामणि पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन पशुसेवा बिज्ञ केन्द्र दाङका प्रेम कुमार चौधरीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]