
Anm
Sds
mbd
Gisld
Mbdvs
Ksm
gst
Rbs
Gmk
Pbu

Rgu
Rgu
Hal
Sls
Wsp
Ksm
Rsb
Bbbpu
Ssm
Rgs
Vor
Sbs
Gst
Ggd
Pvg
Tsm
Bbu
Asm
nsb

Rpp
Pls
Mks
Gsb
bbt
sab
Jmb
Bml
Rmb
Ptm
Jmb
Abd
Syp
दाङ । राप्ती गाउँपालिका १ पाखापानी स्थित रामजहदी सामुदायिक वन क्षेत्रबाट बिच्किएर पाखापानी गाउँमा पसेको चित्तललाई कुकुरले लखेटिरहेको अवस्थामा स्थानीयको घरभित्र पसेपछि स्थानीय उपभोक्ताहरूको सहयोगबाट कुकुरको आक्रमणबाट बचेको थियो।
अन्दाजी ५५ किलो तौल भएको उक्त चित्तलको उचाइ अढाई फुट र लम्बाइ पाँच फुट रहेको छ। रातो भुईमा सेतो खुट्टा भएको अत्यन्त राम्रो लोक उन्मुख वन्यजन्तु बालीको खोजीमा दक्षिणतर्फ रहेको राप्ती नदीतर्फ आउने क्रममा कुकुरको झम्टाईले संकटमा परेको थियो। स्थानीय उपभोक्ताहरु , ईप्रका भालुबाङका प्रहरीहरु र सशस्त्र प्रहरीहरूको अथक प्रयास र डिभिजन वन कार्यालय लमही देउखरी दाङबाट खटी आएका सबडिभिजन वन कार्यालय मसुरिया राप्ती दाङका वन अधिकृत बिनोद कुमार शाह नेतृत्वको वन प्राबिधिकहरू र रामजहदी समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिल्लीराज सुवेदी नेतृत्वको टोलीले उक्त जोखिममा परेको चित्तललाई उद्धार गरिएको हो ।
त्यस्तै उक्त चित्तललाई पछाडि दायाँ खुट्टा खोर माथिबाट भाँचिएकोले अत्याधिक रक्तश्राप भएको थियो। साथै भाग दौड गर्दा र धसिदा शरीरका विभिन्न भागमा चोट लागेको थियो। घाइते चित्तललाई वन्यजन्तु उद्धारखोरमा राखेर राप्ती गाउँपालिका कार्यालय मसुरिया पुर्याई पशु स्वास्थ्य चिकित्सक हरूबाट प्राथमिक उपचार गरी डिभिजन वन कार्यालय लमही देउखुरी दाङको सल्लाह बामोजिम रामजहदी समुदाय वन उपभोक्ता समितिको कार्यालय पुलचोक स्थित हरित पार्कमा सुरक्षित राखी उपचार भइरहेको र उक्त चित्तलको अवस्था अहिले सामान्य र शान्त रहेको जानकारी गराए ।
