
ksbus
Sdc
Amb


दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमब हादुर सारु मगरले आँखा उपचार कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारले प्रमुख प्राथमिकतामा राख्ने बताएका छन् ।
नेपाल नेत्र सहायक परिवारको प्रथम लुम्बिनी प्रदेश सम्मेलन तथा अधिवेशनकाे उद्घाटन गर्दै स्वास्थ्य मन्त्री सारु मगरले यस्ताे बताएका हुन् । उनले लुम्बिनी प्रदेशमा विभिन्न स्वास्थ्य समस्या रहेको बताउँदै अन्धोपन निवारण गर्न निजी क्षेत्रबाट आँखा अस्पतालहरूले पुर्याएको योगदान चर्चा गर्दै आँखा उपचार सहित स्वस्थ नागरिक बनाउन सरकार निजी क्षेत्र संग पनि हातेमालाे गर्न तयार रहेकाे बताए । कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेका स्वास्थ्य मन्त्री सारुले दृष्टि प्रदान गर्ने क्षेत्रको विकास तथा नेत्र सहायकहरूको समस्या समाधान गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेकाे समेत बताए ।
अधिवेशन तथा सम्मेलनका कार्यक्रम संयोजक शालिकराम गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्ने बक्ताले पछिल्लाे समय बढ्दै गरेकाे अन्धाेपन राेक्न तीनै तहकाे सरकार गम्भीर नभएकाे भन्दै दुख व्यक्त गरेका थिए । स्वास्थ्यका अन्य क्षेत्रमा सरकारकाे लागनी भएता पनि आँखा उपचार तथा अन्धाेपन हटाउने विषयमा सरकारले कुनै प्रकारकाे बजेट ब्यवस्थापन नगरेकाे आराेप लगाएका छन् ।
त्यस्तै अधिवेशन आयाेजक समितीका काेषाध्यक्ष बिमल बिसीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्याेति संघका केन्द्रीय सदस्य तथा दाङ जिल्ला सभापति कृष्णकुमार गिरी,नेत्र सहायक परिवारका केन्द्रीय अध्यक्ष रमेश घिमिरे,नेत्र सहायक परिवारका केन्द्रीय महासचिव रमेश प्रधान,नेपाल नेत्र ज्याेति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज चिफ मेडिकल डारेक्टर सुलक्ष्मी कटवाल,नेपाल नेत्र ज्याेति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शमशेर थापा मगर, राप्ती आँखा अस्पताल तुलसीपुरका मेडिकल सुपरिन्टन्डेन सन्ताेष सुवेदी,दृष्टि बिशेषज्ञ संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण बन्जाडे र नेत्र सहायक परिवारका लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष अम्मर गाैतम लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साे अवसरमा आँखा उपचारमा पुर्याएकाे याेगदानलाई कदर गर्दै एक दर्जन बढी बिशेषज्ञ डाक्टरहरूलाई सम्मान समेत गरिएकाे थियाे । कार्यक्रमकाे सञ्चालन नेत्र सहायक परिवारका केन्द्रीय सदस्य बिमल घिमिरेले गरेका थिए ।
