शिवलाल सुवेदी/बुटवल बुधबार, आषाढ १३, २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय गरेको लुम्बिनी सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए ।

त्यस्तै बुधबारकाे मन्त्रीपरिषद बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संसोधन गर्ने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरलाई २ सय बेडको अस्पताल बनाउने गरि कर्मचारी व्यवस्थापन (ओएनएम) को स्कृति प्रदान गर्ने निर्णय गरेको हाे ।

यस्तै लुम्बिनी सरकाले आर्थिक वर्ष २०७८-७९को ससर्त अनुदान तर्फको दायित्व भुक्तानीको समेत स्वीकृत गरेको छ । सरकाले केहि दिन अगाडि दाङको दंगीशरण गाउँपालिकामा चट्याङ लागेर मुत्यु भएका दुई जना र बर्दियामा एक वर्ष अघि गोलि लागेर ज्यान गुमाएकी विद्यार्थी नविना थारुलाई प्रदेश सरकारको तर्फबाट जनही एक ∕एक लाख राहात रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पाण्डेले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]