
Gisld
Rbs
Ksm
mbd
Sds
Mbdvs
Pbu
Anm
Gmk

Sbs
Gst
Wsp
Rgs
Ksm
Hal
Ggd
Bbbpu
Rgu
Sls
Rsb
Vor
Ssm
Tsm
Rgu
Pvg
Bbu
Asm
nsb

Pls
Rmb
Bml
Rpp
Jmb
bbt
Gsb
Syp
Abd
Ptm
Mks
Jmb
sab
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याली बजारमा पार्किङ गरेर राखेको गाडीमा मृत भेटिएका तीन बच्चाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । हिजो साँझ सार्वजनिक रिपोर्ट अनुसार ति बच्चाको शरीरमा कुनै चोटपटक लागगेको छैन ।
शव गलिसकेकाले गाडी भित्र निसासिएर मृत्यु भएको वा कसैले हत्या गरेको भनि भन्न नसकिने पोष्टमार्टममा खुलाईएको छ । त्यसकालागि भिसेरा परीक्षण गर्नुपर्ने रिपोर्टमा छ । मृतक भेटिएको भन्दा २४ घण्टा अगाडी नै तीनै जनाको एकै समयमा मृत्यु भएको पोष्टमार्टमा रिपोर्टमा खुलाईएको छ, भने मृत्यु हुनुको कारण खुल्न सकेको छैन ।
त्यस्तै अब भिसेरा रिपोर्ट गर्नुपर्ने भन्दै त्यसकालागि आबश्यक पर्ने सामग्री काठमाडौं पठाउने तयारी रहेको छ । अहिले गाडी धनी यादव गैरे र चालक पदमबहादुर बस्नेतलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
माघ १ गतेदेखि घर अगाडी पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृत भेटिएका थिए । यता उनीहरुका परिवारले सत्यतथ्य छानविन नहुँदासम्म ती बच्चाका शव नबुझ्ने अडान राखेका छन् ।
