
Sds
Gmk
Pbu
Ksm
Anm
Gisld
mbd
Mbdvs
Rbs

Asm
Gst
Ggd
Sls
Vor
Sbs
nsb
Rgu
Wsp
Ssm
Rsb
Rgu
Tsm
Ksm
Pvg
Bbbpu
Hal
Rgs
Bbu

Jmb
Mks
bbt
Bml
Jmb
Pls
Rpp
Syp
Rmb
Abd
sab
Gsb
Ptm
दाङ । कोभिड महामारीबाट उच्च सतर्कता अपनाउन गढवा उद्योग बाणिज्य संघ र इलाका प्रहरी कार्यालय गढवाले सबैमा आग्रह गरेको छ । आइतवार गढवा बजारमा प्रहरी र संघको टोलीले बजार अनुगमन गरी कोभिड सतर्कता अपनाएर अति आवश्यकीय सामाग्री बिक्रि वितरण गर्न ब्यवसायीहरुलाई आग्रह गरेको हो ।
त्यस्तै कोभिड महामारीको समयमा सरकारले बन्दाबन्दी आव्हान गरेको बेला स्वास्थ्य सुरक्षा अपनाएर मात्र बिहान ७ देखि ८ बजेसम्म अति आवश्यकीय सामानहरुको खरिद–बिक्री गर्ने भन्दै गढवा बजारका पसलहरुमा सामाजिक दुरी कायम गरेर खरिद–बिक्री गर्न गोलघेरा लगाएको छ ।
त्यसैगरी खाद्याान्न, किराना, फलफूल तरकारी, मेडीकल, एग्रोभेट र दुधडेरी लगायतका पसलहरुमा गोलो घेरा लगाई सामाजिक दुरीका लागि आग्रह गरिएको र मास्क तथा सेनीटाइजरको प्रयोग गरि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन प्रहरी र संघले सबैमा आग्रह गरेको संघका अध्यक्ष खिमबहादुर बुढा मगरले बताए ।
यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा त्यस्ता पसलहरु वा नागरिकहरुलाई सुझाव दिने र सुझाव पालना पनि नगरेको खण्डमा नियमानुसार कार्बाही समेत हुने बताइएको छ ।
सरकारले जारी गरेको निशेधाज्ञाको समयमा अति आवश्यक परेको बाहेक मोटरसाइकिल तथा अन्य सवारी साधन चलाउन नपाइने, जथाभावी हिड्डुल गर्न नपाइने र अति आवश्यक परेर कतै जानुपर्ने भएमा कामको प्रकृति बारे प्रहरीको संचारलाई जानकारी गराएर मात्र जानुपर्ने इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । बन्दाबन्दीको अटेरीगरी बेला सवारी साधन चलाएको पाइएमा नियमानुसार कार्बाही हुने पनि सुरक्षा निकाएले बताएको छ ।
