
Anm
Sds
Gisld
Mbdvs
Ksm
Rbs
mbd
Pbu
Gmk

Sbs
Vor
Bbbpu
Ggd
Rgu
Sls
Rgs
Hal
Gst
nsb
Ksm
Rgu
Pvg
Rsb
Ssm
Asm
Bbu
Wsp
Tsm

Syp
Jmb
Rmb
Rpp
bbt
Bml
Mks
Gsb
Ptm
sab
Jmb
Pls
Abd
दाङ । तुलसीपुुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बेसहारा बालबालिकालाई परिवारसंग पुर्नमिलन गराउन थालेको छ । विभिन्न कारण अभिभावकबाट टाढा भएका बालबालिकालाई परिवारको जिम्मा लगाउन थालिएको हो ।
शाखाको समन्वयमा सात जना बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का निश्चल चौधरी, अमृत बिसी, शारदा बुढाथोकी, अनिषा भुजेल, अर्थराज भुजेल, तुलसीपुर–१८ भट्टेकुलाका रमेश बोहरा र सन्तोष बोहरालाई अभिभावकको जिम्मा लगाएको शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।
गतवर्ष चैत्र १७ गते बिजौरीमा रहेको असहाय बालविकास नेपालबाट उद्धार गरिएका बालबालिकालाई पछिल्लो समय अभिभावकसंग पुनर्मिलन गराउने काम भइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । बालबालिकालाई पढाउने र पालनपोषण सहि ढंगले गर्ने सचेतना सहित अभिभावकको जिम्मा लगाएको उहाँले बताउनुभयो ।
उद्धार गरिएका १५ बालबालिकामध्ये १ जनालाई सोमबारमात्रै अभिभावकको जिम्मा लगाइएको र सात जनालाई हिजोमात्रै अभिभावकको जिम्मा लगाएको उहाँले बताउनुभयो । उद्धार गरिएका बालबालिकामध्ये बाँकी सात जना बालबालिकालाई पनि परिवारसंग मिलन गराउने योजना रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ ।
