
mbd
Gisld
Anm
Sds
Ksm
Gmk
Rbs
Pbu
Mbdvs

Ksm
Vor
Rgs
Bbu
Asm
Pvg
Rsb
Bbbpu
Sbs
Tsm
Rgu
Hal
Ssm
Ggd
Sls
nsb
Gst
Rgu
Wsp

Abd
Bml
sab
Syp
bbt
Jmb
Jmb
Rmb
Rpp
Ptm
Gsb
Pls
Mks
रोल्पा । रोल्पामा आगलागीबाट एउटा गाउँ नै सखाप भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर दुईको पिराले भन्ने गाउँमा गएराती आगलागीबाट ४६ घरगोठ जलेर नस्ट भएका छन् ।
बनको बिचमा रहेको गाउँमा बनबाट फैलिएको आगोले गाउँमा २४ घर, ४ वटा भान्सा घर र १८ वटा गोठ जलेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिनुभयो ।
सामुदायिक बनमा फैलिएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आगो नियनन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी, जनप्रतिनिधि निरन्तर लागेपनि बनको ठुलो क्षेत्रफलमा आगो लागेका कारण आगो नियन्त्रण गर्न चुनौति रहेको अध्यक्ष वलीले जानकारी दिनुभयो ।
क्षतिको एकिन विवरण आउन अझै बाँकी रहेको छ । आगोबाट अरु घर पनि जोखिममा रहेको उहाँले बताउनुभयो । आगोले १० बाख्रा, सात वटा गाइ गोरु, सुंगुर १ वटा जलेर नष्ट भएको वडा नम्बर २ का वडा अध्यक्ष कबिराज बुढामगरले जानकारी दिनुभयो ।
आगो साविक नुवागाउँ गाविसको वडा नम्बर १, २, ३ र ४ मा फैलिएको उहाँको भनाई छ । आगो अझै नियन्त्रणमा आउन नसकेको र रामपुर, दहबन लगायतका गाउँ जोखिममा रहेको उहाँले बताउनुभयो । सोमबारदेखि फैलिएको आगा टुनिखोला सामुदायिक बन, मुलाबारी सामुदायिक बन, रामपुर सामुादायिक बन, सल्लेरीडाँडा सामुदायिक बन र ठाडो लेख सामुदायिक बनक्षेत्र फैलिएको छ ।
आगोले घरगोठ जलेपछि ४५ बढी घरपरिवार खुल्ला आकासमुनि बस्न बाध्य भएका छन् । गएराती आगलागी पिडितलाई चाउचाउ वितरण गरिएको र आज चामल, लत्ताकपडा वितरण गरिने वडा अध्यक्ष बुढामगरले जानकारी दिनुभएको छ ।
