
Rks
jsb
Bsn
Ppu
Usb
Nsb
Ksb
Csb
Ksb
Ksb
Rsb
Ssb
Gsb
Ssb
Fmb
Tgp

Usb
Gsb
Ssb
Hl1
Tsb

ptl
Rgu
Nps
दाङ । गढवा गाउँपालिका वडा नम्बर ६ मनिका पुरका अग्निी पिडितहरुलाई मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) गढवा गाउँपालिका संगठन कमिटीले राहात सहयोग गरेको छ ।
पार्टीका जिल्ला सदस्य एवं गढवाका अध्यक्ष बाबुराम अधिकारी,जिल्ला सदस्यहरु मधा न्यौपाने, खिमबहादुर बुढामगर, मोहन बुढा, मक्बुल अलिमिया,युवा संघ नेपालका सन्दिप अधिकारी, नसिम अहमद र रमेश बाँठा लगायतको टोलीले पीडितको घरमा पुगी १३ हजार नगद राहात प्रदान गरेको हो ।
त्यस्तै पार्टीले बुधवार २२ हजार बराबरका लत्ता कपडा प्रदान गर्ने तयारी गरेको जिल्ला सदस्य खिमबहादुर बुढा मगरले जानकारी दिएका छन् । सोमवार गढवा ६ मनिकापुरमा आगलागी हुँदा २ घर र २ गोठ जलेर पुर्ण क्षति भएका थिए । स्थानीय शोभाराम घर्तीमगर, हेमबहादुर घर्तीमगर, खिमबहादुर घर्ती मगर र कमल घर्ती मगरको घर तथा गोठमा आगलागी भएको थियो ।
यस्तै आगलागी भएपछि तत्काल इलाका प्रहरी, गढवा गाउँपालिकाको दमकल र स्थानीय बासिन्दाहरुद्धारा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट निजहरुको घरमा रहेको खाद्यान्न, लत्ता कपडा, फर्निचर, गरगहना र नगद सहित ९ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
