
Mbdvs
Sds
Rbs
Gisld
Gmk
Ksm
mbd
Pbu
Anm

Bbu
Tsm
Rgs
Sls
Ggd
Hal
Pvg
nsb
Ksm
Ssm
Bbbpu
Gst
Rgu
Vor
Wsp
Asm
Rgu
Rsb
Sbs

sab
Jmb
Gsb
bbt
Abd
Rmb
Ptm
Rpp
Mks
Jmb
Syp
Pls
Bml
दाङ । होटल व्यवसायीलाई आधुनिक र नयाँ ढंगले सञ्चालन गर्न आवश्यक छ: अध्यक्ष यादव देउखुरी ५ बैशाख । गढवा होटल व्यवसायी संघको तेश्रो बार्षिकोत्सव शनिवार लुम्बिनी प्रबेशको प्रबेशद्धार धानखोलामा सम्पन्न भएको छ । संघका अध्यक्ष दयाराम थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस्तै बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले पर्यटन बिकासको आधार होटल ब्यवसाय भएको भन्दै जमानाको आवश्यकतालाई पहिचान गर्दै होटल ब्यवसायलाई आधुनिक र नयाँ ढंगले संचालन गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
यसैगरी होटल ब्यवसाय आन्तरिक र बाह्य पर्यटन प्रबर्धन गर्ने माध्यम भएकोले ग्राहकको माग बमोजिम परिष्कृत गर्दै लैजानुपर्ने उनले बताए । कार्यक्रममा गढवा गाउँपालिकाका प्रबक्ता एवं वडा नं. १ का वडा अध्यक्ष बाबुराम अधिकारी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर, निवर्तमान अध्यक्ष रविलाल आचार्य, संस्थापक अध्यक्ष युवराज पाेख्रेल र देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट लगायतले बार्षिकोत्सव सफलताको शुभकामना दिएका थिए ।
उक्त बार्षिकोत्सव समारोहलाई हाइलेण्डर कम्पनीले प्रायोजन गरेको संघका अध्यक्ष दयाराम थापाले जानकारी दिए । संघका सदस्य टोपलाल सुवेदी (सागर) को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तिलकबहादुर पुनले गरेका थिए ।
