
syysr
Amb
Ssbus
Bksbus5
Csbus
Pbu
Jsbus
Gsl
gms
dsbus
Rbs
Ratbs
Ddhbs
Syees
Gsbus
Nssbus7
अलपत्र मजदुर!

Rgs
Ggd
Pvg
nsb
Hal
Sls
Asm
Bbu
Ksm
Sbs
Gst
Vor
Wsp
Tsm
Bbbpu
Ssm
Rsb
Rgu
Rgu

Pls
Gsb
Syp
Rpp
Rmb
sab
Bml
bbt
Ptm
Jmb
Mks
Jmb
Abd
बांकेको राप्तीसुनारी गाउँपालिका निवासी शिवराज थारु काठमाडौं टोखा आसपासका क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्थे। घरपरिवारको बांच्ने आधार उनैको मजदुरी थियो। उनले कमाएको थोरबहुत पैसाले जसोतसो घरको गर्जो चलेको थियो।यसैमा उनिहरु खुसी र सन्तुष्ट नै थिए । तर एक्कासी विश्वभर कोरोना भाइरस(कोभिड-19 महामारीका रुपमा फैलियो । नेपालमा पनि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै सरकारले पनि मुलुकभर गत चैत्र ११ गतेदेखि लकडाउन गर्यो। सरकारले लकडाउनको घोषणा त गर्यो तर त्यसबाट प्रत्यक्ष मारमा परे ज्यालामजदुरी गर्ने श्रमिकहरु। ब्यापार,ब्याबसाय,उद्योग कलकारखाना बन्द भए। त्यससंगै ती मजदुरहरुको काम संगै माम पनि रोकियो। काम रोकिएपछी लकडाउन अबधी कुर्ने र त्यसपछी पुन काममा फर्किने बाहेक अन्य आशा उनीहरूसङ्ग रहेन।तर फेरी सरकारले पुन चैत्र २५ गतेसम्मका लागी दोश्रो पटक जब देशभर लकडाउन अवधी बढाउने लम्बायो। तव ति मजदुरहरुलाई छट्पटी बढ्न थाल्यो । उनिहरुसंग साथमा भएको खाधान्न र पैसापनी सकिदै गयो।उनीहरुले आफुहरुलाई काममा लगाउने ठेकेदारलाई फोन गरे । तर ठेकेदारले फोन उठाएनन, उल्टै मोबाइल नै अफ गरे।यस्तो अवस्थामा उनिहरुसङ्ग अब एउटै विकल्प रह्यो, घर फर्कने।तर कसरी?सबै सवारीका साधन ठप्प छन् । र उनिहरुले मङ्गलवार बिहानै सल्लाह गरेर नेपालगञ्ज सम्मका लागी जान टोखा नगरपालिका वडा न २ को वडाकार्यालय समक्ष सवारी पास दिन अनुरोध गरे । अनुरोध अनुरुप सो वडाले १८ गते नै उनिहरुको ३२ जनाको समुहलाई बा ४ ख ७३४ न को गाडिवाट नेपालगञ्ज सम्मकोलागी जान अनुमती प्रदान गरेको सिफारिस दियो । सिफारिस साथमा लिई उनिहरु उक्त गाडिमार्फत नेपालगन्जका लागी हिडे । तर हिडेको केहि मिनेटमै महानगरीय प्रहरिले उनिहरुलाई जिल्ला प्रशासनको पास नभएको भन्दै सो गाडिमा जान रोक लगायो । प्रहरीले गाडिमा जान रोक लगाएपछि उनिहरुको ३२ जनाको समुह हिडेरै भएपनी घर फर्किने अठोटका साथ बुधबार बिहान ११ बजे काठमाडौंबाट अगाडी बढे । जुन समुहमा वर्ष ३२ कि एक महिला पनि थिइन्।चाउचाउ, विस्कुट र चिउराको भरमा उनिहरु दिनरात अनवरत रुपमा ८/१० जनाको समुह खुरुखुरु हिडिनै रहयो । कठिन र चुनौतीपूर्ण यात्रामा निस्केका उनिहरु शुक्रबार बिहान १ बजेको समयमा नारायणि नदि पार गरे । जब नारायणी पार गरेर नवलपुर छिरे तब उनिहरुको ९ जनाको समुह माथी अपरिचित चार युवकले खुकुरी देखाउदै शरिरमाथी लौरो बजारेम साथमा रहेको झन्डै २० हजार रुपैयाँ र ३ वटा मोवाइल सेट लुटेर फरार भए । सो घटना भएको केहि मिनेट लगत्तै उनिहरुले प्रहरीको भ्यान देखे र प्रहरीलाई गुहारे । आफुहरुका पीडा र लुटिएका घटना प्रहरीलाई सुनाए तर प्रहरीले पनि वास्ता गरेन। “यहाँ यस्तै हो, सुतिरहेका मान्छेलाई डिस्टर्व हुन्छ जहाँ जाने हो छिटो जाने” भन्दै प्रहरीले पनि धम्काएको सोहि समुहका शिवराज थारु र रोशन चौधरीले दुखेसो पोखे । थकित शरिर, खिन्न मनका बाबजुत उनिहरुलाई शसस्त्र प्रहरीले सहयोग गरे। गैंडाकोट कटेपछी शसस्त्र प्रहरीले सोधखोज गरि ट्रक रोकाएर चढाइदिए । सो ट्रकमा झन्डै २५-३० किलोमिटर भएपनि यात्रा गर्न पाएपछि उनिहरु दङ्ग भए । काठमाडौंबाट हिडेको ३ दिनपछि शुक्रवार दिउसो मात्र पश्चिम नवलपरासीको भुमहीमा आइपुगेका हुन। यसरी उनिहरुको बाक्लो समुह जिल्ला प्रवेश गर्ने क्रममा प्रहरीले सोधपुछ गरि उनीहरुको अवस्था बुझेर प्रहरी प्रशासनको सहयोगमा उधोग वाणिज्य सघ नवलपरासीसङ्ग समन्वय गरी उनिहरुलाई नेपालगन्ज सम्म जान गाडिको व्यवस्था मिलाइदिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
