
Ksbus
Rgp
Ggp
Sdc
Lnp
Ksbus
Msbus
Ggp
Asbus

दाङ । देउखुरी क्षेत्रका किसानहरु आफुले उत्पादन गरेको दहि बिक्री गर्न घोराही,तुल्सीपुर,लमही, भालुवाङ,लगायतका बजारहरुमा जाने गर्दछन् । भैसी पालन व्यवसाय गर्दै आएका अधिकासं यहाँका किसानहरुले यसरी नै आफनो जिविकोपार्जन गर्दै आएका छन् ।
जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर तीन खरदरीयाका हरी प्रसाद यादवको दैनिकी पनि भैसी पालन व्यवसायमै बित्ने गरेको छ। ४६ वर्षिय यादव विशेषगरी गर्मिको सिजनमा बेलुकाको दुधबाट दही बनाएर विभिन्न ठाउँहरुमा बिक्रीगनका लागि जाने गर्नुहुन्छ । उहाँले दहि प्रतिलिटर ४५ देखि ५० रुपैँया लिटरसम्म बेच्ने गरेको बताउनुभयो । आफुले उत्पादन गरेको दहि सबैले रुचाउने भएको हुँदा बिक्रि गर्न समस्या नहुँने उहाँको भनाई छ ।
बाहिरका बजारमा पुर्यायो भने दहिको भाउ राम्रो पर्ने भएकोले पनि राजपुरका अधिकांश पशुपालक किसानहरु घोराही,लमही, भालुवाङसम्म पुग्ने गरेको बताउँछन् । यसरी कमाएको पैशाले छोरा,छोरीको पढाई खर्च र घर परिवारमा आईपर्ने आर्थिक समस्या पनि समाधान हुने गरेको यादव बताउनुहुन्छ ।
यस राजपुर गाउँपालिका वडा नम्बर तीन खरदरीयामा मात्रै भैसी पालन व्यवसायमा १ सय ५० बढी किसानहरु आबद्ध हुँदै आएको किसानहरुको भनाई छ ।
