
mbd
Ksm
Pbu
Mbdvs
Rbs
Gisld
Sds
Gmk
Anm

Gst
Bbbpu
Ggd
nsb
Wsp
Tsm
Sbs
Ksm
Vor
Hal
Bbu
Rgu
Rgs
Rgu
Sls
Pvg
Ssm
Asm
Rsb

bbt
Ptm
Pls
Syp
Abd
Mks
Gsb
sab
Jmb
Jmb
Rmb
Rpp
Bml
काठमाडौं । सर्वोच्च अदालतले अनलाइन सञ्चार माध्यम हरेक बर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर गरिदिएको छ ।
मंगलबार न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने भनी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ (३) मा राखिएको व्यवस्था संविधानसँग बाझिएको भन्दै बदर गरिदिएको हो ।
त्यस्तै उक्त निर्देशिकाको दफा ६(३) मा म्यादभित्र नवीकरण नगराउने अनलाइन सञ्चार माध्यमको सेवा प्रचलित कानुन बमोजिम रोक लगाउन सकिने व्यवस्था थियो ।
अधिवक्ता तथा पत्रकार लीलानाथ घिमिरे र विष्णुकुमार गिरी निश्चलले उक्त व्यवस्था नेपालको संविधान २०७२ को धारा १९ को सञ्चारको हक विपरीत भएको भनी सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकामा रहेको अनलाइन नवीकरण नगरे सेवा रोक लगाउने व्यवस्था संविधानसँग बाझिएकाले बदर हुने ठहर गरेको हो । सर्वोच्चको आदेशपछि अब अनलाइन सञ्चार माध्यम नवीकरण गर्नुनपर्ने अधिवक्ता घिमिरेले बताए ।
