
Sds
Rbs
Gisld
Pbu
Gmk
mbd
Mbdvs
Anm
Ksm

Wsp
Asm
Rgu
Rsb
Rgu
Pvg
Hal
Ssm
Ksm
Tsm
Bbbpu
nsb
Vor
Bbu
Sls
Gst
Ggd
Sbs
Rgs

Rmb
Jmb
Gsb
Jmb
Syp
sab
bbt
Pls
Bml
Rpp
Abd
Mks
Ptm
दाङ । अन्तर पार्टी महिला संजालको आठौ जिल्ला अधिवेशन तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।
सो संजालका जिल्ला अध्यक्ष सुशिला पौडे्लको अध्यक्षता तथा प्रदेश अध्यक्ष गंगा शाहीको प्रमुख आतिथ्यतामा अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
त्यस अबसरमा प्रमुख अतिथि शाहिले महिलाका हक अधिकार स्थापित गराउनका निम्ती संजालले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभयो । जवसम्म एकअर्का विचमा सम्मानको वातावरण शिर्जना हुँदैन तवसम्म आर्थिक सम्पन्ता हुन नसक्ने कुरामा जोड दिनुभएको थियो ।
यसैगरी अन्तर पार्टी महिला संजालका संस्थापक अध्यक्ष एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपानेले आर्थिक, सामाजिक र राजनीति रुपान्तरणका लागि महिलाहरु एक जुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने अन्य महिलाहरुले महिलाका मुद्धालाई पहिलो प्राथमीकतामा राखेर संजालले काम गर्दै आएको भन्दै आगामी दिनमा अझ शसक्त भएर अगाडी बढ्ने बताएका थिए । एकतावद्ध भएर छलफल र सहकार्यका माध्यम मार्फत संजालका क्रियाकलाप सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
अधिवेसनका अवसरमा संजालका पूर्व अध्यक्ष एवं दाङका १० वटै पालीकाका उपप्रमुख तथा न्यायीक समीतीका संयोजक र महिलाका क्षेत्रमा आवाज उठाएको भन्दै तीन जना महिला पत्रकारलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा रेडियो मध्यपश्चिममा कार्यरत पत्रकार सुशिला ओली, नयाँ युगवोध राष्ट्रिय दैनिकका सम्पादक लक्ष्मी आचार्य र रेडियो स्वर्गद्धारीका समाचार प्रमुख बसुन्धरा गौतमलाई सम्मान गरिएको हो ।
संजालका पुर्व उपाध्यक्ष सावित्रा राणाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव पसुपति चौधरीले गर्नुभएको थियो । साथै आज विहान अन्तर पार्टी महिला संजाल र पत्रकार महिला विच भएको मैत्रिपूर्ण फुटवल प्रतियोगितामा पत्रकार महिलाको समुह विजयी भएको छ ।
यसैगरी संजालले आज नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा मिना गुरुङ, कोषाध्यक्षमा राधा चौधरी, सचिवमा देवा डांगी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सावित्रा राणा, पुनम शेर्पाइली, सुशिला पौडे्ल, पशुपति चौधरी, गिरीजादेवी न्यौपाने, गोमा रावंत,शान्ता रावंत,लक्ष्मी सिहं ठकुरी,शान्ति देवी यादव,मिना वुढा, वालिका शर्मा लगाएत चयन हुनुभएको छ ।
