दाङ । अन्तर पार्टी महिला संजालको आठौ जिल्ला अधिवेशन तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।सो संजालका जिल्ला अध्यक्ष सुशिला पौडे्लको अध्यक्षता तथा प्रदेश अध्यक्ष गंगा शाहीको प्रमुख आतिथ्यतामा अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
त्यस अबसरमा प्रमुख अतिथि शाहिले महिलाका हक अधिकार स्थापित गराउनका निम्ती संजालले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभयो । जवसम्म एकअर्का विचमा सम्मानको वातावरण शिर्जना हुँदैन तवसम्म आर्थिक सम्पन्ता हुन नसक्ने कुरामा जोड दिनुभएको थियो ।
यसैगरी अन्तर पार्टी महिला संजालका संस्थापक अध्यक्ष एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपानेले आर्थिक, सामाजिक र राजनीति रुपान्तरणका लागि महिलाहरु एक जुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने अन्य महिलाहरुले महिलाका मुद्धालाई पहिलो प्राथमीकतामा राखेर संजालले काम गर्दै आएको भन्दै आगामी दिनमा अझ शसक्त भएर अगाडी बढ्ने बताएका थिए । एकतावद्ध भएर छलफल र सहकार्यका माध्यम मार्फत संजालका क्रियाकलाप सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
अधिवेसनका अवसरमा संजालका पूर्व अध्यक्ष एवं दाङका १० वटै पालीकाका उपप्रमुख तथा न्यायीक समीतीका संयोजक र महिलाका क्षेत्रमा आवाज उठाएको भन्दै तीन जना महिला पत्रकारलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा रेडियो मध्यपश्चिममा कार्यरत पत्रकार सुशिला ओली, नयाँ युगवोध राष्ट्रिय दैनिकका सम्पादक लक्ष्मी आचार्य र रेडियो स्वर्गद्धारीका समाचार प्रमुख बसुन्धरा गौतमलाई सम्मान गरिएको हो ।
संजालका पुर्व उपाध्यक्ष सावित्रा राणाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव पसुपति चौधरीले गर्नुभएको थियो । साथै आज विहान अन्तर पार्टी महिला संजाल र पत्रकार महिला विच भएको मैत्रिपूर्ण फुटवल प्रतियोगितामा पत्रकार महिलाको समुह विजयी भएको छ ।
यसैगरी संजालले आज नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा मिना गुरुङ, कोषाध्यक्षमा राधा चौधरी, सचिवमा देवा डांगी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सावित्रा राणा, पुनम शेर्पाइली, सुशिला पौडे्ल, पशुपति चौधरी, गिरीजादेवी न्यौपाने, गोमा रावंत,शान्ता रावंत,लक्ष्मी सिहं ठकुरी,शान्ति देवी यादव,मिना वुढा, वालिका शर्मा लगाएत चयन हुनुभएको छ ।