
Gisld
Ksm
Pbu
Anm
mbd
Sds
Gmk
Mbdvs
Rbs

Ssm
Rgu
Rsb
Tsm
Pvg
Rgu
Ksm
Asm
Vor
Gst
Rgs
Hal
nsb
Bbbpu
Wsp
Sls
Bbu
Sbs
Ggd

Ptm
Jmb
sab
bbt
Syp
Rmb
Abd
Mks
Rpp
Pls
Jmb
Bml
Gsb
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोख्रेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । तर पोख्रेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् । निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका छन् । र, साँझ ५ बजे औपचारिक घोषणा हुनेछ ।
नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल,नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोख्रेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
त्यस्तै एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।
