
Sys
Gsbus
jms
Ppu
Rg-9
Bpb
Ddh
sks
Ssbus
jmb
gms
Asm
smb
Rus

Tsb
Gg5
kbs
bmj
Sbs
cks
Asm
Rys
Ln2
Ln3
Ln9
Hl1
Gg1
Ln1
Ln8
Ssb
Usb
Ln7
Gsb
Dps

Gg6
Gg2
Sml
Snk
Ksb
Rss
Jab
Bpb
Sbs
Jpb
Gg3
Nps
Gg4
Rgu
ptl
Sab
Gjl
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोख्रेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । तर पोख्रेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् । निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका छन् । र, साँझ ५ बजे औपचारिक घोषणा हुनेछ ।
नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल,नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोख्रेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
त्यस्तै एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।
