
Anm
gst
Gisld
Gmk
Ksm
Pbu
Sds
mbd
Rgs
Mbdvs
Rbs

Sls
nsb
Hal
Pvg
Rgu
Gst
Wsp
Rgu
Ssm
Rgs
Rsb
Tsm
Bbu
Bbbpu
Ggd
Sbs
Ksm
Vor
Asm

Abd
sab
Rpp
Gsb
Jmb
Pls
bbt
Mks
Rmb
Syp
Bml
Jmb
Ptm
दाङ । राजपुर गाउँपालिका वडा नम्बर १, गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालयमा विभिन्न खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर १ को आर्थिक वर्ष २०८२/८३ को ३५ हजार रुपैयाँ आर्थिक सहयोग र विद्यालयको आफ्नै आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बिहीबार सम्पन्न उक्त खेलकुद कार्यक्रममा विद्यालयका शिशु कक्षा देखि कक्षा ८ सम्मका विद्यार्थीहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए ।
त्यस्तै,विद्यार्थीहरूका लागि चकलेट दौड,हिसाब दौड,कुर्सी दौड,तातो आलु,भलिबल,नृत्य,हाजिरी जवाफ, लङ जम्प ,हिज्जे पर्तियोगिता ,हिसाब दौड, १०० मिटर दौड , २०० मिटर दौड, लगायतका प्रतियोगिताहरू सञ्चालन गरिएको थियो । यसैगरी अभिभावक,शिक्षक,कर्मचारी र अतिथिहरूका लागि समेत घैटा फोड जस्ता मनोरञ्जनात्मक खेलहरूको आयोजना गरी विजयीहरूलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सूर्य प्रसाद चौधरी प्रमुख अतिथि रहेका थिए । त्यस्तै,विशिष्ट अतिथिको रूपमा राजपुर गाउँपालिका शिक्षा,युबा तथा खेलकुद शाखा प्रमुख वासुदेव खनालको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अवसरमा आमन्त्रित सम्पूर्ण अतिथीहरुलाई बिद्यालयको तर्फबाट मायाको चिनो र राजपुर गाउँपालिका वडा नम्बर १ लाई कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रहरी चौकी बेलाका प्रहरी सहायक निरीक्षक कपिलदेव चौधरी, वडा नम्बर १ कार्यलय सहयक गिरधारी यादव र वडा नम्बर १ का सदस्य तुल्सा मल्ल,तथा गुरुङखोला स्वास्थ्य इकाई प्रमुख अ.हे. ब. शर्मिला बाँठा लगायत स्थानीय बुद्धिजीवी र अभिभावकहरुको गरिमामय उपस्थिति रहेको थियो ।
त्यस्तै,उक्त उल्लासमय कार्यक्रमको सञ्चालन शिक्षकद्वय सन्तोष यादव र प्रकाश बुढाले गरेको रेडियो हाइबेका प्राबिधिक प्रमुख रोशन यादबले जनकारी दिए ।
