
Gipsg
Pbu
Gst
Lks
Gmssl
Gsg
Sebsg
Gipsg
Jmb
gst
Dus
Unsku
Ggp

Hal
Ggd
Asm
Bbbpu
Sls
Wsp
Ksm
Gst
Sbs
Rgu
nsb
Vor
Rgs
Bbu
Tsm
Rsb
Ssm
Rgu
Pvg

Syp
Rmb
Mks
sab
Rpp
bbt
Ptm
Jmb
Abd
Pls
Gsb
Jmb
Bml
सुर्खेत । प्रहरीले तीन करोड बढीका गरगहना र नगदसहित एक जनालाई पक्राउ पछि सार्वजनिक गरेको छ ।
त्यस्तै,पक्राउ पर्नेमा बाँकेको नेपालगंज उपमहानगरपालिका – १० घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ६ मा बस्दै आएका ६३ वर्षीय श्यामसुन्दर अग्रवाल –बालाजी) छन् ।
यस्तै,उनको साथबाट नेपाली रुपैंया दुई लाख १९ हजार पाँच सय,भारतीय रुपैंयाँ आठ लाख ११ हजार आठ सय र विभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना एक सय ८५ थानको अनुमानित मूल्य ३ करोड बराबर बरामद भएको हो ।
सोमबार दिउँसो ४ बजेतिर वीरेन्द्रनगर वडा नम्बर ६ तल्लो बजारस्थित ‘शिब इम्पोरियम’ नामक कपडा पसलबाट अग्रवाल पक्राउ परेका हुन् ।
यस्तै,भारतीय रुपैंया र गरगहना धितो राखेर ब्याजमा नगद दिने कार्यमा संलग्न रहेको भन्ने गोप्य सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहराले बताए ।
त्यस्तै,उनको साथबाट प्रहरीले नगद रुपैंयाँ गणना गर्न प्रयोग हुने एउटा मेसिन पनि बरामद भएको जनाएको छ ।
