
Pbu
Lnp
Sgr
Srbpu
Unsku
Rgp1
Rgp
pku
Ggp

Rgu
Rsb
Wsp
Bbu
Ggd
Hal
Gst
Pvg
Ksm
Sls
Tsm
Rgu
nsb
Vor
Ssm
Asm
Sbs
Rgs
Bbbpu

Pls
Rpp
Abd
Gsb
Jmb
Rmb
Syp
bbt
Bml
Mks
Jmb
Ptm
sab
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको स्वतन्त्र र निष्पक्ष छानबिन तुरुन्त सुरु गर्न सरकारसँग माग गरेको छ।
प्रेस विज्ञप्तिमा पार्टीका प्रवक्ता देवराज चालिसे ले गृहमन्त्रीसँग सम्बन्धित सबै आरोपहरूको उच्चस्तरीय छानबिन प्रक्रिया ढिलाइ नगरी अगाडि बढाउन आग्रह गरेका छन्। कांग्रेसले यस्ता संवेदनशील विषयमा कुनै पनि प्रकारको ढाकछोप वा प्रभाव पार्ने प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर असर पर्ने चेतावनी दिएको छ।
विज्ञप्तिमा लोकतन्त्रका आधारभूत स्तम्भका रूपमा पारदर्शिता र जवाफदेहितालाई उल्लेख गर्दै उठेका प्रश्नहरूको तथ्यमा आधारित, निष्पक्ष र विश्वसनीय छानबिन अपरिहार्य रहेको बताइएको छ।
यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरेको पनि स्मरण गराइएको छ।
गृहमन्त्री गुरूङसँग जोडिएको पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र नभई राजनीतिक नैतिकता र पारदर्शितासम्बन्धी गम्भीर प्रश्नहरू उठाएको कांग्रेसको धारणा छ।
विज्ञप्तिमा भनिएको छ, “यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धान स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ।”
