
Mbdvs
Pbu
mbd
Sds
Gisld
Rbs

Hal
Ggd
Bbu
Rgu
Ksm
Gst
Bbbpu
Tsm
Vor
Ssm
nsb
Pvg
Sls
Wsp
Rsb
Rgs
Sbs
Asm
Rgu

Pls
bbt
Ptm
Jmb
Bml
Rpp
Abd
Syp
Gsb
Jmb
sab
Mks
Rmb
दाङ । सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जनगुनासो र युवा पुस्ताका प्रश्नहरूलाई आधार बनाएर लमही नगरपालिकाले सेवा प्रवाह, राजस्व व्यवस्थापन र विकास गतिविधिमा उल्लेखनीय सुधार गरेको जनाएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत नगरपालिकाले सुनुवाइपछिका कार्यान्वयन अवस्था सार्वजनिक गर्दै जनउत्तरदायी शासनतर्फ आफू अग्रसर रहेको स्पष्ट पारेको हो ।
नगर प्रमुख जोगराज चौधरीले जनमतलाई सम्मान गर्दै नगरबासीको आवश्यकता अनुसार काम अघि बढाइएको बताए । सीमित स्रोतसाधनका बाबजुद पनि नगरपालिकाले अधिकतम परिणाम दिन प्रयास गरिरहेको उनको भनाइ थियो । उपप्रमुख लक्ष्मी योगीले न्याय सम्पादन प्रक्रियामा पनि उल्लेखनीय प्रगति भएको बताए । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले राजस्व संकलन र परिचालनमा सुधार आएको उल्लेख गर्दै योजनाहरु कार्यान्वयनतर्फ अघि बढिरहेको जानकारी दिए ।
त्यसैगरी सार्वजनिक सुनुवाइमा विशेषगरी पारदर्शिता,डिजिटल सेवा,कर्मचारी व्यवस्थापन र युवामैत्री कार्यक्रमको माग उठेको थियो । सोही आधारमा नगरपालिकाले कार्यपालिकाका निर्णयहरु आधिकारिक फेसबुक पेज र वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ ।
लमही नगर निर्माण,महाअभियान”अन्तर्गत भोलिको काम आजै गर्छौं,आजको काम अहिल्यै गर्छौं’भन्ने’अभियानमार्फत सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने प्रयास गरिएको छ । क्यूआर कोडमार्फत सेवा उपलब्ध गराउने अभ्यास सुरु गरिएको छ भने कर्मचारी उपस्थितिका लागि समय व्यवस्थापन प्रणाली लागू गर्ने तयारी पनि अघि बढाइएको छ । टोल विकास संस्थासँगको सहकार्यलाई सुदृढ गर्दै नवीकरण प्रक्रिया अघि बढाइएको छ । साथै जन्मदर्ता र मृत्युदर्ता प्रमाणपत्र घरदैलोमै पुगेर वितरण गर्ने अभियान सुरु गरिएको छ, जसले सेवा प्रवाहलाई थप सहज बनाएको नगरपालिकाको दाबी छ । राजस्व व्यवस्थापनतर्फ नगरपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को चैत ९ गतेसम्म ४ करोड ८८ लाखभन्दा बढी राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १ करोड ८९ लाख रुपैयाँले बढी हो ।
त्यस्तै घुम्ती शिविर सञ्चालन गरी मात्रै ३८ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ । कर दरबारे नागरिकबाट आएका गुनासोलाई सम्बोधन गर्न पुनरावलोकन समिति गठन गरी दर समायोजन प्रक्रिया पनि अघि बढाइएको छ । उद्योग, क्रसर, इट्टा भट्टा तथा स–मिलहरूको अनुगमन गरी दर्ता तथा नवीकरणमा ल्याउने काम गरिएको छ । घरबहाल कर संकलनमा टोल विकास संस्थालाई सक्रिय बनाइएको छ । साथै, नदिजन्य पदार्थ नियन्त्रण तथा सरसफाइमा संलग्न संस्थाहरूलाई संकलित रकमको १० प्रतिशत प्रोत्साहन दिने निर्णय गरिएको छ । सरसफाइ तथा वातावरण व्यवस्थापनतर्फ ‘लमही नगर निर्माण, महाअभियान’ सञ्चालन गरिएको छ । फोहोरको वर्गीकरण, सार्वजनिक स्थल सरसफाइ, लौटिया सोता क्षेत्रमा नियमित सफाइ र सार्वजनिक शौचालय व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । लामो समयदेखि हातैले हुँदै आएको नाली सफाइ अब मेसिनमार्फत सुरु गरिएको छ, जसले कामलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
पूर्वाधार विकासतर्फ ट्राफिक प्रहरी र युवासँगको सहकार्यमा लमही–गढवा सडकमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । भित्री सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम अघि बढाइएको छ ।
अजम्मरी सामुदायिक वन क्षेत्रमा रहेको भ्यु टावर मर्मत गरी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ६० घरमा जस्ता पाता वितरण गरिएको छ ।
खेलकुद तथा युवा विकासतर्फ लामो समयदेखि रोकिएको ‘मेयर कप’ प्रतियोगिता पुनः सुरु गरिएको छ । यसअन्तर्गत फुटबल, क्रिकेट र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने तयारी छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको छ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सरसफाइ र प्रतियोगिता सञ्चालनमा विभिन्न निकायको सहभागिता रहेको थियो । सामाजिक तथा सामुदायिक विकासतर्फ टोल विकास संस्थालाई आर्थिक प्रोत्साहन दिने व्यवस्था गरिएको छ ।
त्यस्तै उत्कृष्ट संस्थालाई नगद पुरस्कार दिने निर्णय गरिएको छ । सहकारी संस्थासँग सहकार्य गरी तिनलाई थप व्यवस्थित र किसानमुखी बनाउने प्रयास भइरहेको छ । कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरी करिब २ सय ७० कुकुरको उपचार गरिएको छ । साथै, पशु प्रजनन सेवाका लागि कृत्रिम गर्भाधान कार्यक्रम पनि अघि बढाइएको छ । स्वास्थ्य तथा व्यवसाय व्यवस्थापनतर्फ निजी स्वास्थ्य संस्थासँग समन्वय गरी सेवा व्यवस्थित गर्ने सहमति गरिएको छ ।
यस्तै बजार अनुगमनलाई नियमित बनाइएको छ, जसले कालोबजारी र महँगी नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । गम्भीर बिरामीलाई रगत चढाउँदा लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने निर्णय पनि गरिएको छ । कार्यक्रमको सहजीकरण लमही नगरपालिकाका प्रेस एडभाईजर प्रिया स्मृती गजमेरले गरेका थिए ।
