
Tgp
Ssb
Fmb
Ksb
Rsb
Ssb
Ksb
Ksb
Nsb
Csb
Ppu
Rks
Gsb
Usb
jsb
Bsn

Usb
Ssb
Hl1
Tsb
Gsb

ptl
Nps
Rgu
दाङ । गढवा गाउँपालिका वडा नम्बर–४,मगरौटामा आज विभिन्न राजनीतिक दल परित्याग गरी करिब १ सय ५० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी,क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे,महासमिति सदस्यद्वय अनुप कुमार थापा र गिरिजादेवी न्यौपाने लगायतका नेताहरुले स्वागत गरेका थिए ।
काङ्ग्रेस प्रवेश गर्नेहरुमा स्थानीय माओवादी नेता तथा कार्यकर्ता हरिपाल यादव,रामपाल यादव,राम किशोर यादव,नेकपा एमालेबाट हरिलाल यादव तथा जनता समाजवादी पार्टीबाट कल्याण सिंह यादव लगायत १ सय ५० जना रहेका छन् । कल्याण सिंह यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीबाट गढवा गाउँपालिका–४ का वडा अध्यक्षका प्रत्याशी रहेका थिए ।
कार्यक्रम नेपाली काङ्ग्रेस गढवा गाउँपालिका–४ का वडा सभापति प्रदीप केसीको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन वडा उपसभापति रणबहादुर विकले गरेका थिए भने नेपाल तरुण दल गढवा गाउँपालिका–४ का अध्यक्ष अमिन मनिहारले स्वागत मन्तव्य राखेका थिए । गढवा गाउँपालिका -४ का निवर्तमान वडा अध्यक्ष तथा काङ्ग्रेस महाधिवेशन प्रतिनिधि गुलाम मोहम्मद जागा मुसलमानको पहलमा नवप्रवेशीहरुले पार्टी प्रवेश गरेका थिए ।

