
pku
cjs
Sgr
Srbpu
Ggp
sbs
Pes
Rgp1
Lnp
Pbu
Djs
Gfs
Unsku
Rgp

Bbu
Wsp
Ksm
Tsm
Rgs
nsb
Pvg
Ggd
Rgu
Hal
Gst
Vor
Sls
Asm
Ssm
Sbs
Rgu
Rsb
Bbbpu

Pls
Mks
bbt
Abd
Rmb
Rpp
Ptm
sab
Jmb
Syp
Gsb
Bml
Jmb
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताएका छन् ।
शनिवार भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा पार्टीको एघारौ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । डर,दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट नभाग्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले मुलुकमा निर्वाचन गराउने दिशामा सरकार नरहेको जिकिर समेत गरे ।
त्यस्तै अध्यक्ष ओलीले भने,‘हाम्रो स्पष्ट माग छ–प्रतिनिधिसभा तुरुन्त पुनस्थापना होस् । देश संविधान र लोकतन्त्रको बाटोमा फर्कियोस । सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ । तर के तयारी केही भईरहेको छ ? देखिँदैन । चुनाव चाहने सरकारले गथ्र्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता हुन्थ्यो । सभा,जुलुश गर्न खुला वातावरण बनाउथ्यो ।
दललाई चुनावमा सहभागी हुन प्रोत्साहित गर्दथ्यो ।निर्वाचनको अनिवार्य सर्तमा रुपमा रहेको निर्भयताको वातावरण बनाउथ्यो । लुटिएका हतियार फिर्ता ल्याउथ्यो होला । जेलबाट भागेका कैदीबन्दीलाई फेरी फिर्ता ल्याउँथ्यो होला । तर अहिले के भईरहेको छ । सम्वादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, विभिन्न प्रकारका हल्ला, विभिन्न राजनीतिक दलविरुद्धका षडयन्त्र ।
प्रतिस्पर्धाको सट्ट धम्की, बहसको सट्टा मुद्दा, दलका नेतामाथि स्थान, हद, निषेध । यही हो चुनावको वातावरण बनाएको ? मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दवाव र आतंक बढ्छ यस्ता कुराले ? जनताले चाहेको कुरा स्पष्ट छ–लोकतन्त्र होस, लोकतान्त्रिक प्रणाली होस् । लोकतन्त्रमा लोकतान्त्रिक विधिद्धारा शान्तिपूर्ण वातावरणमा निर्वाचन होस् । साँचो प्रतिष्पर्धा होस् ।
हाम्रो भनाई यही हो । डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कसैले भाग्छ भन्ने कसैले नसोचे हुन्छ । तर अहिले चुनाव हुँदैछ र ? होइन, चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै भईरहेको छ देशलाई अलमल्याउनका लागि ।’ अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने दिशामा कुनै काम नगरेको जिकिर समेत गरे । रातोपाटी
