
Ggp
ksb
Rgp
Sgp
Rgp
Usb
Dus
Jns
Ggp
Rgp
Asb
Lks
Rgp
Lnp
lnp

lms

दाङ । नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह-संयोजक माधवकुमार नेपाल मंसिर १३ गते देउखुरीको लमहीमा आउने भएका छन् ।
लुम्बिनी प्रदेश स्तरीय सभालाई सम्बोधन गर्न संयोजक प्रचण्ड र सह-संयोजक माधव लगायतका नेताहरु आउन लागेको नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वधार विकास मन्त्री इन्द्रजीत थारुले जानकारी दिए ।
त्यस्तै उनका अनुसार लमहीको सार्वजनिक बगैँचामा नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको प्रदेश स्तरीय सभालाई सम्बोधन गर्न संयोजक प्रचण्ड,सह-संयोजक माधव,वर्षमान पुन, भिम रावल,महेन्द्र राय यादव लगायतका विभिन्न कम्युनिष्ट नेताहरु आउन लागेका हुन् । जसको तयारी बैठक शुक्रवार लमहीमा बसेको छ । बैठकले कार्यक्रमको तयारीका लागि विभिन्न समिति र उप-समिति समेत गठन गरेको छ ।
