
Tgp
Rks
Csb
Nsb
Rsb
Ksb
Gsb
Ssb
Ssb
Ksb
Bsn
Usb
Ppu
Ksb

Ssb
Hl1
Gsb
Usb
Tsb

Nps
Rgu
ptl
काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय,बीपी स्मृति भवनमा बैठक बस्ने जानकारी दिए ।
असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मितिबारे नै केन्द्रित छ। अहिलेसम्म बैठकमा विभिन्न पद पदाधिकारी र सदस्यले धारणा राखेका छन् । त्यसपछि महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै पटक पटक बैठक सारिएको हो ।
त्यस्तै आमनिर्वाचन अघि पार्टीको १५ औँ महाधिवेशन गर्ने कि पछि गर्ने भन्नेमै काङ्ग्रेसमा पदाधिकारीहरु विभाजित छन् । कार्यबाहक सभापति पूर्णबहादुर खड्का,महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले विवादको निरुपण गरेर सहमति जुटाउने प्रयास गरेका छन् तर सार्थकता पाएको छैन ।
गत असोज २८ गतेबाट जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका सम्बन्धमा दुई प्रस्ताव पेस भएका छन् । कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । त्यसैदिन थापाको प्रस्तावलाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।उक्त प्रस्ताव पेस गरेपछि काङ्ग्रेसमा महाधिवेशनबारे एक मत हुन सकेको छैन ।
