
Rbs
syysr
Ddhbs
Csbus
Bksbus5
Gsbus
Syees
Pbu
Ssbus
gms
Ratbs
Nssbus7
Gsl
dsbus
Jsbus
Amb

Rgu
Bbbpu
Tsm
Ksm
Ssm
Wsp
Ggd
Rsb
Hal
Gst
Vor
Sls
Rgu
Asm
nsb
Bbu
Sbs
Rgs
Pvg

Bml
sab
Gsb
Abd
bbt
Mks
Ptm
Rpp
Pls
Jmb
Syp
Jmb
Rmb
काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय,बीपी स्मृति भवनमा बैठक बस्ने जानकारी दिए ।
असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मितिबारे नै केन्द्रित छ। अहिलेसम्म बैठकमा विभिन्न पद पदाधिकारी र सदस्यले धारणा राखेका छन् । त्यसपछि महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै पटक पटक बैठक सारिएको हो ।
त्यस्तै आमनिर्वाचन अघि पार्टीको १५ औँ महाधिवेशन गर्ने कि पछि गर्ने भन्नेमै काङ्ग्रेसमा पदाधिकारीहरु विभाजित छन् । कार्यबाहक सभापति पूर्णबहादुर खड्का,महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले विवादको निरुपण गरेर सहमति जुटाउने प्रयास गरेका छन् तर सार्थकता पाएको छैन ।
गत असोज २८ गतेबाट जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका सम्बन्धमा दुई प्रस्ताव पेस भएका छन् । कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । त्यसैदिन थापाको प्रस्तावलाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।उक्त प्रस्ताव पेस गरेपछि काङ्ग्रेसमा महाधिवेशनबारे एक मत हुन सकेको छैन ।
