Sidha Patra बुधबार, मंसिर ०३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार आज बस्ने भएको छ । दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीति,संवाद एवं सहकार्यका पहलबारे छलफल हुनेछ । सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत बैठकमा दिइने भएको छ ।

त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा र विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने कार्यसूची रहेको बताइएको छ । वाचापत्र कार्यदल विस्तार,संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा र संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न बैठकले निर्देशन दिने नेताहरुले बताएका छन् ।

यस्तै राजनीतिक दल,समूह,शक्तिहरुको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने,केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने कार्यसूचीमा उल्लेख रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]