
Jsbus
Pbu
Csbus
Ssbus
Gsl
Amb
Rbs
Nssbus7
Ddhbs
dsbus
syysr
Gsbus
gms
Bksbus5
Ratbs
Syees

Rgu
Ksm
Sls
Vor
Ggd
Tsm
nsb
Wsp
Bbbpu
Sbs
Rgs
Hal
Gst
Rgu
Pvg
Bbu
Asm
Rsb
Ssm

bbt
Jmb
Syp
Rpp
Pls
Rmb
sab
Gsb
Mks
Ptm
Bml
Abd
Jmb
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार आज बस्ने भएको छ । दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीति,संवाद एवं सहकार्यका पहलबारे छलफल हुनेछ । सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत बैठकमा दिइने भएको छ ।
त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा र विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने कार्यसूची रहेको बताइएको छ । वाचापत्र कार्यदल विस्तार,संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा र संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न बैठकले निर्देशन दिने नेताहरुले बताएका छन् ।
यस्तै राजनीतिक दल,समूह,शक्तिहरुको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने,केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने कार्यसूचीमा उल्लेख रहेको छ ।
