
nsm
Gsl
ssbus
Ssbus
Sssbus1
Ssbus
tssbus
Pbu
Ssbus
Sssbus1

Pvg
Vor
Rgu
Wsp
Asm
Ggd
Rgs
Ssm
Bbbpu
Ksm
Bbu
nsb
Hal
Gst
Rgu
Rsb
Tsm
Sbs
Sls

Jmb
Syp
Bml
Mks
Rmb
Gsb
bbt
Abd
Ptm
Rpp
sab
Jmb
Pls
काठमाण्डौँ । जेनजी मुभमेन्ट अलायन्स,काउन्सिल अफ जेनजी र जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत जेनजी आन्दोलनको प्रस्तावित सम्झौतापत्र बुझाएका छन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर जेनजी समूहहरुले बुझाएको सम्झौतापत्रको मस्यौदामा कुशासन, भ्रष्टाचार,दण्डहीनता र सार्वजनिक संस्थानमा व्याप्त अव्यवस्थाका कारण जेनजी विद्रोह भएको उल्लेख गर्दै आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने उल्लेख छ ।
त्यस्तै सम्झौतापत्रमा जनआन्दोलनमार्फत उठाइएका मागहरुको व्यवस्थापन गर्दै उत्तरदायी,पारदर्शी र जनमुखी शासन व्यस्थित रुपमा स्थापना गर्न सरकार तयार हुनुपर्ने र त्यसका लागि आवश्यक वातावरण बनाउन सबै राजनीतिक दल तथा राज्य संयन्त्रले सहकार्य गर्नुपर्ने उल्लेख छ ।प्रस्तावित सम्झौतापत्रमा सामाजिक,आर्थिक,राजनीतिक तथा प्रशासनिक सुधारका विभिन्न रोडम्याप समेत समावेश गरिएका छन् ।
