Sidha Patra सोमबार, फाल्गुण १०, २०७७

दाङ । दाङको तुलसीपुरमा जीप र अटो रिक्सा एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरको चमिखोलामा सोमबार दिउसो सवा ३ बजेतिर भएको उक्त दुर्घटनामा परि गम्भीर घाईते भएका अटो रिक्सा चालक शान्तिनगर गाउँपालिका वडा नं. १ पेदीखोला निवासी ३० बर्षीय रेशम विकको मृत्यु भएको हो ।

उनिलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि कोहलपुरमा थप उपचारका क्रममा विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनु भयो ।

तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो रिक्सा र विपरित दिशाबाट आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप एक आपसमा ठोक्किदा अटोरिक्सामा सवार अन्य चारजना घाइते भएका छन् ।

घाइते हुनेमा शान्तिनगर गाउँपालिका वडा नं. १ निवासी ३० बर्षीया रुपा वली,उनकी दुई बर्षकी छोरी पुष्पा वली तथा शान्तिनगर २ बाघमारे निवासी ५७ बर्षीय आनन्द बहादुर खड्का र शारदा केसी घाइते भएका छन् । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]