
Pbu
Gisld
Mbdvs
Sds
Rbs
mbd

Rsb
Bbbpu
nsb
Rgu
Sls
Sbs
Wsp
Gst
Asm
Ksm
Ssm
Bbu
Tsm
Vor
Rgu
Pvg
Hal
Ggd
Rgs

Rmb
Pls
Abd
Rpp
Gsb
Jmb
Jmb
Mks
Bml
bbt
sab
Syp
Ptm
दाङ । दाङको तुलसीपुरमा जीप र अटो रिक्सा एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरको चमिखोलामा सोमबार दिउसो सवा ३ बजेतिर भएको उक्त दुर्घटनामा परि गम्भीर घाईते भएका अटो रिक्सा चालक शान्तिनगर गाउँपालिका वडा नं. १ पेदीखोला निवासी ३० बर्षीय रेशम विकको मृत्यु भएको हो ।
उनिलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि कोहलपुरमा थप उपचारका क्रममा विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनु भयो ।
तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो रिक्सा र विपरित दिशाबाट आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप एक आपसमा ठोक्किदा अटोरिक्सामा सवार अन्य चारजना घाइते भएका छन् ।
घाइते हुनेमा शान्तिनगर गाउँपालिका वडा नं. १ निवासी ३० बर्षीया रुपा वली,उनकी दुई बर्षकी छोरी पुष्पा वली तथा शान्तिनगर २ बाघमारे निवासी ५७ बर्षीय आनन्द बहादुर खड्का र शारदा केसी घाइते भएका छन् । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
