Sidha Patra आइतबार, फाल्गुण ०९, २०७७

दाङ । नेपालकै दोस्रो लामो राप्ती पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री ओलीको नामांकीत शिलालेख तोडफोड गरिनुलाई अर्थपूर्ण रुपले हेरिएको छ । उक्त पुलको २०७७ माघ १२ गते विधिवत रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो ।

त्यस्तै सो शिलालेख कस्ले र किन तोडफोड गरे भन्ने कुरा गर्भमै छ । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्ट घटनास्थलमा खटिएर अनुशन्धान गरिरहेको बताउनु भयो । पुल निर्माण पछि जग्गा दान गर्ने,सहयोग समिति,सल्लाहकारलाई प्रमाणपत्रले सम्मान गर्ने अपेक्षा थियो तर त्यो अनुसार भएन् । प्रमाणपत्र आएको थियो भन्ने सुनेका छौं त्यो उद्घाटनकै दिन दिएको भए हुने थियो पुल निर्माण समितिका सचिव खगेश्वर शर्माले भन्नु भयो । उद्घाटन भएको केही समयपछि महदेवाका केही स्थानीयले पुलको नामाकारणका बारेमा चित्त नबुझेको भन्दै आएको निर्माण समितिका सचिवको भनाई छ ।

पुल निर्माण भएको स्थानको जग्गा धेरै जसो गढवा गाउँपालिका २ महदेवा क्षेत्रमा बसोबास गर्ने स्थानीयको भएकोले महदेवा सिसहनिया पुल हुनु पर्ने स्थानीयको भनाई छ । सिसहनिया र महदेवा राप्ती पुल भनेर पुलको नामाकरण भएको छ । ‘देशकै प्रधानमन्त्रीको नामांकीत भएको शिलालेख फुटाउनु गैरकानुनी काम हो शान्ति पुर्ण तरिकाले विरोध गर्नु पर्‍थ्यो तर फुटाएर गल्ती गरे शर्माले भन्नु भयो ।

त्यस्तै यो पुलको लम्बाई ८ सय ६५ मिटर लम्बाइ र साढे ७ मिटर चौडाई रहेको छ । यो पुलको लागत ९२ करोड ६६ लाख रहेको छ,यो पुल निर्धारित समय अघि नै सम्पन्न भएको हो । पुलको शिलान्यास पुष्प कमल दाहाल प्रचण्डले २०७३ साल मंसिर २२ मा गर्नु भएको थियो भने निर्माण कार्य २०७७ असारमा सम्पन्न भएको थियो । यस्तै यो शिलालेख फुटे संगै देउखुरीको राजनीतिमा तरङ छाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]