
Sds
Rbs
Pbu
Mbdvs
Gisld
mbd

Asm
Wsp
Sbs
Hal
Ssm
Rgu
Tsm
Sls
Gst
Ksm
Rgs
Vor
Bbbpu
Rsb
Bbu
nsb
Ggd
Rgu
Pvg

Ptm
Jmb
Rmb
sab
Jmb
Abd
bbt
Syp
Mks
Rpp
Bml
Pls
Gsb
दाङ । नेपालकै दोस्रो लामो राप्ती पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री ओलीको नामांकीत शिलालेख तोडफोड गरिनुलाई अर्थपूर्ण रुपले हेरिएको छ । उक्त पुलको २०७७ माघ १२ गते विधिवत रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो ।
त्यस्तै सो शिलालेख कस्ले र किन तोडफोड गरे भन्ने कुरा गर्भमै छ । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्ट घटनास्थलमा खटिएर अनुशन्धान गरिरहेको बताउनु भयो । पुल निर्माण पछि जग्गा दान गर्ने,सहयोग समिति,सल्लाहकारलाई प्रमाणपत्रले सम्मान गर्ने अपेक्षा थियो तर त्यो अनुसार भएन् । प्रमाणपत्र आएको थियो भन्ने सुनेका छौं त्यो उद्घाटनकै दिन दिएको भए हुने थियो पुल निर्माण समितिका सचिव खगेश्वर शर्माले भन्नु भयो । उद्घाटन भएको केही समयपछि महदेवाका केही स्थानीयले पुलको नामाकारणका बारेमा चित्त नबुझेको भन्दै आएको निर्माण समितिका सचिवको भनाई छ ।
पुल निर्माण भएको स्थानको जग्गा धेरै जसो गढवा गाउँपालिका २ महदेवा क्षेत्रमा बसोबास गर्ने स्थानीयको भएकोले महदेवा सिसहनिया पुल हुनु पर्ने स्थानीयको भनाई छ । सिसहनिया र महदेवा राप्ती पुल भनेर पुलको नामाकरण भएको छ । ‘देशकै प्रधानमन्त्रीको नामांकीत भएको शिलालेख फुटाउनु गैरकानुनी काम हो शान्ति पुर्ण तरिकाले विरोध गर्नु पर्थ्यो तर फुटाएर गल्ती गरे शर्माले भन्नु भयो ।
त्यस्तै यो पुलको लम्बाई ८ सय ६५ मिटर लम्बाइ र साढे ७ मिटर चौडाई रहेको छ । यो पुलको लागत ९२ करोड ६६ लाख रहेको छ,यो पुल निर्धारित समय अघि नै सम्पन्न भएको हो । पुलको शिलान्यास पुष्प कमल दाहाल प्रचण्डले २०७३ साल मंसिर २२ मा गर्नु भएको थियो भने निर्माण कार्य २०७७ असारमा सम्पन्न भएको थियो । यस्तै यो शिलालेख फुटे संगै देउखुरीको राजनीतिमा तरङ छाएको छ ।
