
Tgp
Gsb
Rks
Bsn
Rsb
jsb
Fmb
Ppu
Nsb
Ssb
Ksb
Ksb
Csb
Ksb
Usb
Ssb

Gsb
Ssb
Tsb
Usb
Hl1

Rgu
ptl
Nps
दाङ । आजदेखि लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरु हुँदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो ।
त्यस्तै संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका हुन् । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
यस्तै आगामी जेठको पहिलो साता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ ।
