
Bs1
Ssbus
Ssbus
Pbu
ssbus
Sssbus1
nsm
Gsl
tssbus
Ssbus
Sssbus1

Rsb
Vor
Gst
Asm
Hal
Rgu
Pvg
Bbbpu
Ggd
Wsp
Rgu
Bbu
Ksm
nsb
Ssm
Tsm
Sbs
Rgs
Sls

Syp
sab
Jmb
bbt
Rmb
Gsb
Rpp
Ptm
Pls
Jmb
Mks
Bml
Abd
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि अन्तरप्रदेश समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
‘घुमौं सौराहा,चितवन अभियान २०२५’ को क्रममा भैरहवामा चितवन र रुपन्देहीका व्यवसायीहरूबीच भैरहवामा साेमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्र एकअर्काको भावना जोड्ने कडी भएको बताए ।
उहाँले बागमती प्रदेशको चितवन र लुम्बिनी प्रदेशबीच पर्यटन लगायत अन्य क्षेत्रको विकासमा समन्वय र सहकार्य हुँदा दुवै प्रदेशलाई लाभ पुग्ने विश्वास व्यक्त गरे । `लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य र छिमेकी प्रदेशका पर्यटकीय स्थलहरूबीच समन्वय र सहकार्य बढाउनु जरुरी छ´ उनले भने, `चितवन आउने पर्यटकलाई लुम्बिनी, लुम्बिनी आउने पर्यटकलाई चितवन, पोखरा र अन्य गन्तव्यमा जान मिल्ने व्यवस्था गर्न सकिन्छ । साझा मञ्चको रूपमा विकास गरेर अघि बढ्न सकिन्छ ।´उनले व्यवसाय क्षेत्रको विकासका लागि प्रदेश सरकार अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेकाे बताए ।
त्यस्तै कार्यक्रममा सौराहाको विशेषता प्रस्तुत गर्दै सौराहामा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्य लिइएको जानकारी गराइएकाे थियाे । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ चितवन सौराहाको अगुवाइमा विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको चितवनको सौराहामा हात्ती चढेर गैंडा हेर्न पाइने भएकाले यहाँ स्वदेशी र विदेशी पर्यटकको आकर्षण बढिरहेको छ । कोरोना कालपछिको अवस्थामा पर्यटन उद्योगलाई पुनर्जीवन दिन स्वदेशी पर्यटकहरूको साथ खोजिएको जनाइएकाे छ ।
त्यस्तै चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटक प्रवेश गर्ने प्रमुख प्रवेशद्वारको रूपमा चिनिएको छ । राप्ती नदीको किनारमा अवस्थित सौराहामा वार्षिक झन्डै ४ लाख पर्यटक आउने गरेकाे विवरण सार्वजनिक गरिएको छ ।
