
Ggp
pku
Unsku
Srbpu
Rgp1
Rgp
Pbu
Lnp
Sgr

Rgs
Rgu
Hal
Ksm
Tsm
Bbbpu
Gst
Sls
Ggd
Wsp
Rsb
nsb
Vor
Asm
Sbs
Pvg
Bbu
Rgu
Ssm

Ptm
Bml
Jmb
Abd
Mks
Jmb
sab
Pls
bbt
Rpp
Gsb
Rmb
Syp
कोरोना भाइरसको संक्रमणले पूरा विश्व आक्रान्त छ। सन्सारकै बिजयता र शक्तिशाली जीव सोच्ने हामी मनुष्य, हाम्रा आखाले पनि देख्न नसक्ने, सूक्ष्म जिवाणुले मच्चाएको कलाहोल र त्रासको परिधिभित्र साघुरिएर विश्व नै लगभग लकडाउन भएको छ। कोरोना भाइरसको बिषयमा म धेरै कुरा गर्न जान्दिन किनकी म चिकित्सा क्षेत्रको विशेषज्ञ पनि होइन र विशेषज्ञता नभएको बिषयमा तर्क बितर्क गर्नु समाजमा अल्पज्ञानले निर्माण गर्ने त्रासिदी बाताबरण सिर्जना गर्नु हो। त्यसैले मैले त्यो गलती गर्न चहान्न । कोरोना भाइरस आज विश्व समुदायका हरेक वर्गका, हरेक उमेर समुहका मानिसहरुको मानसिक्तामा आतंक मचाइरहेको छ। कोरोना लागोस न लागोस मानिसमा कोरोनाको मानसिक असर सबैमा छ। नहोस पनि कसरी यसरी बिश्वब्यापि नरसम्हार गर्दै मानिसलाई त्राहिमाम त्राहिमाम गराउदै मानवले आजसम्मको सबै भन्दा ठूलो उपलब्धिका रुपमा चित्रण गरिएको आधुनिकता, बिकास र समृद्धिलाई चुनौती दिरहेको छ।
म कुनै चिकित्सा बिज्ञानको बिद्यार्थी त होइन, त्यसैले कोरोना सम्बन्धि धेरै कुरा गर्न उचित मान्दिन। तर म एक समाजिक बिज्ञानको बिद्यार्थी भएका यश महामारीले निम्त्याएको समाजिक मनोबिज्ञान र समाजमा ब्यप्त भैतिक, आर्थिक अनि मानसिक असरहरुको बारेमा बोल्नु, लेख्नु पर्ने ठानेकाले यो लेखिरहेको छु।
पृथ्वीको उत्पतीकाल देखि विभिन्न कालखण्ड पछि जब मानव उत्पती भए। त्यो आदि मानवको कालखण्ड देखि आजको आधुनिक मानव सम्म आइपुग्ने यात्रामा धेरै मानव सन्हारको सामना मानवले गर्नु परेको थियो। आजसम्मका हरेक सम्हारलाई पराजित गर्न सफल मानव जातीले पक्कै पनि यो कोरोनाको महामारिलाई पनि अवश्य पराजित गर्ने छौ।
आजको विश्व भैतिकतामा आधारित छ, भैतिकतामा रमाउने, भैतिक बिकासलाई नै बिकास मान्ने र भैतिक सुखका लागि मरिमेट्न तयार छ।
भैतिक बस्तुकै लागि विभिन्न कालखण्डमा युद्ध भए, हत्या भए र रक्तपात मच्चियो। भौतिकबादमा निर्भर मनुष्य आफ्नो इन्द्रियहरुको वसमा हुन्छ। इन्द्रियहरुको भोगले दिने क्षणिक आनन्दका लागि मानिसले जीवनको मुल अर्थबाट भड्किएर इन्द्रियप्रस्त हुन्छ। जो मानव इन्द्रियको वसमा हुन्छ त्यो कहिले पनि कठिन साधना गर्न सक्दैन। त्यसैले आजको विश्व इन्द्रियको वसमा छ, इन्द्रिय भोग बिलासले जता जता डोराउछ उतै उतै लम्किरहेको छ।त्यसैले आज बिश्वमा देखापर्ने हरेक समस्याहरु मानवका कर्मले निर्धारण गरेका छ्न। मानवले इन्द्रियहरुलाई वसमा राखी बिबेक र बुद्दिमताका आधारमा सन्सारमा कर्म गर्नु पर्ने थियो। तर त्यही मानव इन्द्रियको वसमा परि प्राकृतिक श्रोतसाधनहरु चरम दुर्पयोग,बिकास र समृद्धिको लालसामा निम्तिएका बिनाशको आफै सिकार हुने गरेको छ।
त्यस्तै सिकारको रुपमा पछिल्लो समय कोरोना नामक भाइरसले बिश्वलाई आक्रान्त पार्न सफल भएको हो। कोरोनालाई समयमै नियन्त्रण गर्नसकिन्थ्यो, त्यसबाट हुने हानी अनि नोक्सानी पनि कम गर्न सकिन्थ्यो। तर विश्व समुदायले कोरोना प्रकोपलाई सुरवाती चरणमा हलुका लिएका कारणले यो भयाभय अवस्थाको सृजना भएको हो।
नेपालमा पनि त्यो मोड नदेखिने भन्ने केही छैन। जब सम्म हरेक संक्रमीत रास्ट्रका नागरिक सचेत भै कोरोना सङ्ग लड्न एक जुट भै तयार हुन्न तब सम्म सरकारको प्रयासले केही हुन्न। चाहे अमेरिका होस, बेलायत होस वा भारत अथवा नेपाल नै किन नहोस।कोरोना सङ्ग लड्ने भनेको कुनै हातहतियारले होइन।कोरोना सङ्गको लडाईमा हाम्रो हतियार आत्मानुशासन नै हो। जब सम्म हरेक नागरिकले यो संकटविरुद्धको आफ्नो दायित्व अनि कर्तव्यलाई आत्माबोध गरिदैन तब सम्म कोरोनाले मानव सम्हारको ताण्डव नृत्य गर्ने नै छ।
बिश्वका धेरै राष्ट्रहरुमा सरकारले लकडाउन गरेको छ। कहि आंशिक त कतै पुर्ण रुपमा लकडाउन। लकडाउनको अर्थ जहा छौ त्यही रहने, कतै जान नपाइने। यस्ता लक डाउनहरु विशेष परिस्थिति र समस्याहरुमा गरिनेगरिन्छ। कोरोना संक्रमण विरुद्ध नेपालले पनि कम्मर कसेर लक डाउन गरेको छ। सरकारका तर्फबाट अनेक योजनाहरु होलान, कोरोनाको संक्रमणलाई न्यूनीकरण गर्नका लागि। तर एक नागरिक भै हाम्रो जिम्मेवारी कति। यो राष्ट्रको मात्रै होइन, यो बिश्वमै मानव जातीमाथी उठिरहेको खतरा विरुद्ध हाम्रो दायित्व कति? प्रश्न त्यही नै हो। त्यो प्रश्नको उत्तर खोज्ने मात्र होइन आफुले आफुलाई प्रमाणीत गर्ने बेला पनि यहि हो। प्रमाणित कसैका लागि होइन आफ्नै लागि हो,कसैलाई देखाउन होइन, आफ्नो मनलाई प्रमाणित गर्नु पर्ने बेला हो। तर हामी मानवहरु यस्तो विषम परिस्थितिमा पनि आफ्नो इन्द्रियहरुमा बिजय प्राप्त गर्न सकेका छैनौ। हामीलाई सरकारले घरै बस्नु भनेको छ। हामी यस्तो अवस्थामा पनि सरकारको निर्णय पालना गर्दैनौ भने हामी नागरिक भएर अधिकार सदुपयोग गर्ने कुनै अधिकार छैन। कुनै पनि समस्यामाथि बिजय प्राप्त गर्नका लागि सबै भन्दा पहिले हामिले हाम्रो आफ्नो मानसिकता माथी बिजय प्राप्त गर्नु पर्नेछ। हामिले आफुलाई मानसिक रुपमा कोरोना सङ्ग लड्न सक्ने गरि तयार गर्नु पर्छ।
लकडाउनको बेला सडकमा बहिर बिना काम हिड्डुल गर्ने नागरिकहरुलाई प्रहरीले पशु सरह कुटेको देख्दा मेरो मनमा धेरै प्रश्नहरु उठे। किन हामी नेपालीहरु यस्तो अवस्थामा पनि सरकारको कदमको अपहेलना गरिरहेका छौ।के हामीले बुझ्ने भाषा प्रहरीको लाठीले मात्र बुझाउन सक्छ। जब सम्म नैतिकता, आत्मानुशासन, दायित्व बोध गरि बिबेक र बुद्धिमताका साथ मानवका इन्द्रियहरुमा नियन्त्रण गर्नसक्दैन तब सम्म मानव नभै मानव रुपि पशु हुन्छ भनेर मैले भन्दै गर्दा कठोर सुनिएला। तर मेरो दृष्टिकोणमा म सत्य बोल्दैछु। मानव रुपि पशुलाई नियन्त्रण गर्ने एकै माध्यम हो त्यो भनेको बल प्रयोग नै हो। मानिस आफ्नै कारणले समाप्त हुने हो। मानिसको मुख्य शत्रु नै इन्द्रियका भोग आशक्ती नै हो। मानिस त्यसैको वसमा परि आफ्नो अस्तित्व नै खतरामा पारिरहेको छ। मानवले नैतिकताको अवमुल्यन गरेकोछ। नैतिकता मानवको जिवनमा अति महत्वपुर्ण मानिन्छ। नैतिकताले मानिसलाई आफ्ना मूल्य र मान्यताका नियमहरुमा बाधेको बाधेको पनि हुन्छ। मानव जिवनको व्यवहार प्रती लक्षित हुन्छ। नैतिकताले मानिसलाई सहि गलतको अर्थमा बाधेको हुन्छ र स्वयम् प्रती उत्तरदायी बनाउने प्रयास गरिरहन्छ। जब नैतिकताका अभाव हुन्छ तब मानिस जे गर्छ त्यही सहि मान्छ र आफ्ना ब्यबहारले लज्जाको पराकाष्ठालाई उदाङ्ग पार्नेगर्छ। नैतिक मानिस आफू प्रती, आफ्नो परिवार प्रति, समाज प्रती अनि राष्ट्र तथा सम्पुर्ण जगत प्रती उत्तरदायी हुनेगर्छ। दायित्व बोध हुनु पनि अति आवश्यक छ। सामान्य दायित्व भन्नाले हामिले गर्नु पर्ने कर्तव्यहरुलाई बुझिन्छ। समाज र राष्ट्र सहित सम्पुर्ण जगत प्रतीको हाम्रो दायित्वलाई हामीले पूरा गर्नु पर्नेछ, त्यसै गरि आत्मानुशासन अति महत्वपूर्ण छ। आफुले आफैलाई अनुशासित राख्ने पद्धतिलाई आत्मानुशासन भनिन्छ। हामी यस्तो परिस्थितिमा आत्मानुशासित भै राज्यले लागू गरेका कोरोना संक्रमण विरुद्धका योजनाहरुको सत प्रतिशत असल नागरिक भै पालना गर्नु पर्छ। प्रहरीको लाठिले पालना गराउने भन्दा नि हामी नागरिक नै नैतिक, आत्मानुशासित भै आफ्ना दायित्व र कर्तब्य पालनामा अग्रसर हुनु पर्नेछ। हामी सबैले हाम्रा विविधतालाई बिर्सिएर जातजाती न भनी, कुनै समुदाय न भनी, धर्म भाषा नभनी एक भै कोरोना रोकथामका सबै उपायहरुको सहि तरिकाले पालना गरि राज्यलाई तथा सम्पुर्ण मानवजातीलाई सहयोग पुराउनु नै अहिलेको कर्तब्य हो। लकडाउन लगायत कोरोना विरुद्धका पुर्व तयारीमा पुर्ण मनले सबैले साथ दिऔ। हामी जित्ने छौ।
लेखक बर्दघाट ४ नवलपरासी निबासी हुन।
