
pku
Unsku
Lnp
Rgp
Rgp1
Pbu
Ggp
Srbpu
Sgr

Rgu
Sls
Asm
nsb
Rgs
Sbs
Hal
Rgu
Ksm
Vor
Tsm
Pvg
Bbu
Ggd
Rsb
Wsp
Gst
Ssm
Bbbpu

Rmb
Jmb
sab
Ptm
Syp
Rpp
Gsb
Pls
Abd
Jmb
Bml
Mks
bbt
दाङ । देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर १ नर्ती बस्ने चन्द्र प्रसाद चौधरीका दस वर्षकी छोरी स्वस्तिका चौधरी रहेकी छिन् । आइतबार बेलुका अन्दाजी ७ बजेर ४० मिनेटको समय बाटो क्रस गर्ने क्रममा महेन्द्र राजमार्गको पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा बालिका गम्भीर घाइते भएकी थिइन् ।
मोटरसाइकल दुर्घटनाबाट निधार,मुख र चिउडोमा चोट लागेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि लमही अस्पतालमा भर्ना गरिएको थियो । बालिकाको उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
त्यस्तै मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर २ महादेवा बस्ने २९ वर्षका अपिल शर्मा रहेका छन् । उक्त दुर्घटनामा मोटरसाइकल चालक शर्माको चिउडो र बायाँ हातमा चोट लागेर घाइते छन् । घाइते शर्मालाई अहिले उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रमुख भुसालले बताए । यस्तै उक्त मोटरसाइकललाई आफ्नो नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
