
Ssbus
ssbus
nsm
Ssbus
Bs1
Pbu
tssbus
Ssbus
Sssbus1
Gsl
Sssbus1

Pvg
Bbbpu
Ssm
Rgu
Sls
Rgu
Gst
Rsb
Ggd
Hal
Sbs
Wsp
Vor
Bbu
Asm
Ksm
Rgs
Tsm
nsb

Abd
sab
Gsb
Rmb
Ptm
Jmb
Pls
bbt
Mks
Syp
Jmb
Bml
Rpp
दाङ । राष्ट्रिय जनमोर्चा दाङले जिल्लाका ३ वटा गाउँपालीकाहरुलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा मंगलबार पुगेको टोलीले सान्तिनगर,दङ्गिसरण र बबई गाउँपालीकालाई सो ज्ञापनपत्र बुझाएको हो । सान्तिनगर अध्यक्ष प्रमोद बस्नेत, दङ्गिसरणका अध्यक्ष सम्भु गीरी र बबई अध्यक्ष कुलबहादुर खत्री केसीलाई कार्य कक्षमा पुगेर उक्त ज्ञापनपत्र बुझाइएको राजमो दाङले जनाएको छ ।
ज्ञापनपत्रमा निम्ना कुरा उल्लेख गरिएको छ:
राष्ट्रिय जनमोर्चाले लगातार रुपमा देस र जनताको पङ्तिमा रहेर सरकारलाइ खबरदारी र नागरिकलाइ सचेत बनाउदै आइरहेको छ । नेपाली समाजमा ब्याप्त रहेको निम्न पुजीवादी चिन्तनका कारण आज पनि जनताहरुले बिचारका आधारमा आफ्नो मत प्रकट गर्ने अवस्था आइरहेको छैन । आज पनि स्वार्थ,लहड र शक्तिका आधारमा आफ्नो मत तय गर्ने अबस्था बिधयमान रहेको छ ।
नेपालको राजनीतिक परिबर्तनको आन्दोलनमा अहिले बिभिन्न सरकारको नेतृत्व गर्ने मौजुदा दलहरुको महत्त्वपूर्ण भुमिका रहेको छ । तर राजनीतिक परिबर्तनले केबल ब्यबस्था मात्र परिबर्तन गर्यो , पात्र र सासक मात्र परिबर्तन गर्यो । जनताको अबस्थामा आधारभुतरुपमा परिबर्तन गर्न सकेन । जनतामा ब्यापक निराशा छ । त्यो निराशा हाम्रो देशको कारणले भन्दा हाम्रो देशलाइ असफल बनाइ वैदेशिक शक्तिहरुको स्वार्थ पुरा गर्नको लागि बाहिय शक्तिहरुको इसारामा चल्ने दल , पात्र र प्रवृत्तिहरुका कारण ज्यादा छ । यो देशमा केहि हुदैन भन्ने भाबना ब्यापक रुपमा वृद्धि भैरहेको छ । यो हाम्रो प्राकृतिक भन्दा प्रायोजित सोच हो ।
त्यो प्रायोजित सोचलाइ पराजित गरी यो देशमा सबै कुरा सम्भब छ भन्ने भाबनाको बिकास गर्न जरुरी छ । बाहिय शक्तिहरुका चलखेलका कारण जनताको बलिदानिपुर्ण आन्दोलन बाट प्राप्त उपलब्धिहरु समाप्त हुने खतरा बढ्दै गइरहेको छ । प्रतिगामी शक्तिहरुलाइ अनुकुल बाताबरण हुन पुगेको छ । हाम्रो पार्टीले अहिलेका उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिको लागि संघर्ष गर्दै आइरहेको छ । बर्तमान अबस्थामा गणतन्त्र , धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा तथा संघीयताले सृजना गरेको प्रदेश संरचनाको खारेजिको लागि जोड दिन जरुरी छ । हाम्रो देशमा भएका श्रोत साधन र जनशक्तिको सहि परिचालन र न्यायोचित बितरण मार्फत देशलाइ बिकाशको गतिमा अगाडी बढाउनु पर्दछ ।
स्थानीय सरकारहरुले आफ्नो अधिकारलाइ प्रयोग गरी आफ्नो कानुन आफै निर्माण गरी नमुना काम गरेर देखाउन सक्ने अबस्था पनि बिद्ययमान रहेको छ । त्यो कुरालाइ मध्यम नजर गरी नागरिकको न्याय र बिकाशमा स्थानीय सरकार र सरकार प्रमुखहरु गम्भीर बन्न जरुरी छ । सबैले निराशा मात्र प्रकट गर्दा जिम्मेवार ठाउँमा भएकाले पनि आफ्नो दायित्व भुलेको अबस्था छ । नेपाली नागरिकहरुलाइ यो देशमा सबै कुरा सम्भब छ र हामिले पनि देशलाइ राम्रो बनाउन सक्छौ भन्ने कुराको अनुभुती गराउनको लागि निम्नकुराहरु गर्न र गराउनको लागि ध्यानाकर्षण गर्दै यो ज्ञापनपत्र पेस गर्न चाहान्छौ !
१ भ्रष्टाचार र अनियमिततालाइ पुर्ण रुपमा बन्द गरियोश !
२ नागरिक मैत्री प्रसासन सयन्त्र निर्माण गरियोस !
३ शिक्षा , स्वास्थ्य र रोजगार जस्ता नागरिकका आधारभुत आबस्यक्ता परिपुर्ती गरियोश !
४ प्राकृतिक श्रोत साधनको अनियन्त्रित दोहन रोकी त्यसमा स्थानीय नागरिकको ब्यबस्थापन र अधिकारको सुनिस्चित गरी आर्थिक बिकाशमा टेबा पुराइयोश !
५ किसानहरुलाइ सिंचाइ सहित समयमै मल तथा बिउको ब्यबस्था गरियोश !
६ भुमिहिन तथा सुकुम्बासीहरुको समस्या समाधान गरियोश !
७ जिल्लामा हबाइ मैदान निर्माण गरी नियमित हबाइ उडानको ब्यबस्था गरियोस !
८ हाइ ड्यामहरुको निर्माण गरी सिंचाइ र खानेपानीका मुहानहरुको सरक्षण गरियोश !
९ लमही तुलसीपुर को बाटोलाइ त्यहा गुडने गाडि र लोडलाइ मध्यनजर गरी चार लेन बलियो बाटो निर्माण गरियोस !
१० सरकारी कार्यालहरुमा बिचौलियाहरु निषेध गरियोस !
११ पहुँच , पावर र सेटिङमा हुने अनुदान हैन सम्पुर्ण किसानलाइ मल , बिउ तथा कृषि सामाग्रीहरुमा साहूलियत प्रदान गरियोस ।
१२ अनुत्पादक र अनुपयोगी लगानीलाइ निरुत्साहित गरी उत्पादक र उपयोगी लगानीमा ध्यान दिइयोस !
१३ बिकासे योजनाहरु कसैलाई चित्त बुझाउने हिसाबले हैन नागरिकले बिकासको अनुभुती गर्ने हिसाबले तय गरियोस् ।
१४ महिला हिंसा तथा जातीय बिभेदका विरुद्ध सचेतना तथा जागरण अभियान संचालन गरियोस् ।
१५ मिटर ब्याजी र छिनुबा पासवालाहरुलाइ सजायको दायरामा ल्याइ कानुनी रुपमा फटाइ गर्नेहरुलाइ हैन बास्तिक पीडितलाइ न्याय दिलाइयोश !
१६ साना तथा मझौला उधोगहरु संचालन गरियोस ।
१७ आफ्नो नागरिकलाइ रोजगार गराउन स्थानीय सरकारले लोक सेबा, शिक्षा सेबा र अन्य प्राबिधिक विषयहरुमा न्युन सुल्कमा तयारी कक्षाहरु संचालन गरियोश !
१८ सबै नागरिकहरुलाइ शुद्ध पिउने पानी सहज रुपमा प्राप्त गर्न सकिने बाताबरण निर्माण गरियोश !
१९ आम नागरिकलाइ स्वास्थ्य बिमा र स्वास्थ्य सेबा सहज रुपमा उपभोग गर्न पाउने बतारण निर्माण गरियोस ।
२० सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गरी सामुदायिक शिक्षामा आकर्षण वृद्धि गरियोस ।
२१ जडिबुटी तथा आर्गेनिक बस्तुको उत्पादन र बजारीकरणमा ध्यान पुराइयोस ।
२१ बन पैदावर तथा काठहरु जंगलमा सडने र उपभोक्ताहरुले महङ्गो मुल्यमा बिदेशी काठ प्रयोग गर्नु पर्ने बाताबरणको अन्त्य गरियोस् । धन्यवाद !
