
tssbus
Bs1
Sssbus1
Gsl
Pbu
nsm
Ssbus
ssbus
Ssbus
Ssbus
Sssbus1

Hal
nsb
Ksm
Gst
Rgs
Vor
Pvg
Tsm
Rsb
Rgu
Rgu
Bbbpu
Bbu
Sls
Wsp
Ssm
Sbs
Asm
Ggd

bbt
Pls
Rpp
Syp
Mks
Bml
sab
Gsb
Abd
Rmb
Jmb
Ptm
Jmb
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ क्षेत्र नम्बर १ ले देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासका अग्नि पीडितहरुको आँखा तथा स्वास्थ्य परिक्षण गराएको छ ।
क्षेत्रीय अध्यक्ष विनय बुढाथोकीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङसंग समन्वय गरेर बिहीबार स्वास्थ्य कर्मीको टोलीसहित स्थलगतमा पुगेर अग्नि पीडितका आँखा तथा स्वास्थ्य चेकजाँच गराएका हुन् ।
बैशाख १६ गतेका दिन जंगलबाट आएको आगोले २५ घरधुरी मध्य २४ घर जलेर नष्ट भएपछि त्यहाँका नागरिकहरु अहिले पाल मुनि बसोबास गर्दै आएका छन् । अत्याधिक हावा चल्ने र तुवाँलो तथा धुलो-धुवाँका कारण अग्नि पीडितहरुको आँखा लगायत स्वास्थ्यमा समस्या आएको हुँदा अध्यक्ष बुढाथोकीले प्रतिष्ठानका मेडिकल अफिसियर डा. हेमन्त थापा सहितको टोलि लगेर आँखा तथा स्वास्थ्य चेकजाँच गराएर औषधि समेत वितरण गरेका हुन् ।
त्यस्तै अध्यक्ष बुढाथोकीले यस अघि पनि आगलागी भएको दोस्रो दिन नै सोही टिमलाई लगेर स्वास्थ्य चेकजाँच गराउनुका साथै आवश्यक औषधि र खाद्यान्न राहत उपलब्ध गराएका थिए ।

