
Ssbus
Pbu
Ssbus
Sssbus1
ssbus
Sssbus1
tssbus
nsm
Gsl
Ssbus

Vor
Rgu
Ggd
Asm
Hal
nsb
Bbbpu
Tsm
Sls
Pvg
Rgs
Sbs
Wsp
Ssm
Bbu
Rsb
Rgu
Ksm
Gst

Mks
bbt
Bml
Ptm
Rmb
Jmb
sab
Gsb
Jmb
Syp
Abd
Rpp
Pls
दाङ । ब्यक्तिगत लगानीमा बाटो खुलेपछि सल्यानको साबिक रीम गाबिसका आधा दर्जन बढि गाउँका स्थानिय खुसी भएका छन् ।
कपुरकोट गाउँपालिका वडा नम्बर ५ सितलपुर हुँदै य्राले, छापटोला,अोखरपाटा, मेलचौर,जामुने लगायतका गाउँलाई ध्यानमा राखी बाटो खुलेको हो । ६ मिटर चौडा सहित २ किलोमिटर बाटो खुलेपछि स्थानिय खुसी भएका हुन् । सनिबार सो क्षत्रका गाउँहरुमा पहिलो चोटि गाडीपनि पुगेको छ ।
ढुवानीका लागि बाटो नहुँदा सो क्षत्रका स्थानियले सास्ती खेप्दै आईरहेका थिए । अब बाटो खुलेपछि निर्माण सामाग्री तथा खाद्यान्न ढुवानीमा सहज हुने य्राले गाउँ निवासी नुमा गिरीले बताईन । बाटो नभएर ढुवानीमा निकै सास्ती थियो,गाडी नै चल्ने बाटो निर्माण हुँदा खुसि लागेको छ नुमाले भनिन्-अब त धेरै राम्रो हुनेभयो । सधैभरी गोरेटो बाटोमै हिँडेर आवात जावत गर्नुपर्ने बाध्यता अब भने हटेको छ ।
सामान काँधमा बोकेर गोरेटो बाटो हुँदै अोकाली अोराली हिड्नुपर्ने त्यस क्षत्रका स्थानियले गाउँमा गाडी आउला भन्ने त सोचेकै थिएनन् । हाम्रो पालामा गाडी आउला भन्ने त आशा पनि थिएन,त्यो पनि सम्भव भयो जामुने निवासी सम्झना बुढाथोकिले भनिन् । आफ्नै पालामा गाउँमा गाडी आउला भन्ने सम्म नसोचेका त्यस क्षत्रका स्थानियको अहिले बाटोले मुहार फेरिदिएको छ । स्थानियको मुहार फेर्नमा कटिबद्द रहनु भएका एकराज वलीले ब्यक्तिगत लगानीमा बाटो निर्माण गर्नु भएको हो ।
>>सरकारले नगरेको काम एक्लै गर्ने वली को हुन?
एकराज वली,तरुणदल सल्यान क्षत्र नम्बर २ का सभापती हुनुहुन्छ । पारिवारिक अबस्था हेर्दा उहाँ कुनै धनाढ्य पनि हुनुहुन्न । तर,उहाँमा एक दृढ क्षमता र फराकिलो मन भने छ । आफुले कमाएको पैशाको केही अंश छुट्याएर एक्लै बाटो निर्माण गर्नु भएको हो । सबैले बिकाश निर्माणमा सक्दो सहयोग गर्नुपर्ने उहाँको बुझाई छ । पटक पटक स्थानिय सरकारलाई बाटोको लागि पहल गर्दापनि सुनुवाई नहुँदा ब्यक्तिगत लगानीमा बाटो निर्माण गर्नुपरेको वलीले जानकारी दिनु भयो । स्थानियको सक्रियतामा आफुले लगानी गरेको उहाँको भनाई छ ।
सनिबार आयोजित बाटो उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काँग्रेसका निबर्तमान केन्द्रीय सदस्य डिल्लिराज रेग्मीले स्थानिय सरकारले गर्न नसकेको काम एक युवाले गरेको प्रति खुसी ब्यक्त गर्नु भयो । युवाको यो उदाहरणिय कार्य सरकारका लागी गतिलो झापड भएको उहाँको ठहर छ । बारम्बार स्थानिय सरकार सँग बाटोको लागि भनसुन गर्दापनि पुर्बाग्रहका कारण बाटो निर्माणमा ध्यान नदिएको रेग्मीको आरोप छ । सबै गाउँ तथा टोलमा समान रुपले बिकाश निर्माणमा ध्यान दिन रेग्मीले स्थानिय सरकारलाई आग्रह गर्नु भएको छ । साथै उहाँले निर्माण गरिएको बाटोलाई अब स्थानियले सँरक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।
क्षत्रिय प्रतिनिधि खड्क केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्ने अधिकाँस बक्ताले बिकाश प्रेमी युवा नेता एकराज वली सँग सबैले सिक्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य मानबहादुर डाँगी,नेपाली काँग्रेस सल्यानका सचिब प्रकाश भण्डारी,सहसचिब सन्तोष सेन वली,सदस्यहरु कमान सिँह डाँगी,लोकराज आचार्य,कमल घर्ती,नेबि सँघ जिल्ला उपाध्यक्ष प्रेम नारायण बिक,तरुणदल क्षत्र नम्बर २ का सभापती एकराज वली,तरुणदलका कपुरकोट गाउँपालिका सभापती कुबेर खत्री,तरुणदल क्षत्र नम्बर २ का उप सभापती सन्तोष बुढाथोकी लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
नेपाली काँग्रेस कपुरकोट गाउँपालिका-५ का सभापती टिकाराम केसीको सभाध्यक्ष तथा काँग्रेसका निबर्तमान केन्द्रीय सदस्य डिल्लिराज रेग्मीको प्रमुख आतिथ्यमा बाटोको उद्घाटन गरिएको हो । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस कपुरकोट गाउँपालिकाका प्रबक्ता यज्ञ बोहोराले गर्नु भएको थियो । कार्यक्रममा पहिलो पटक गाउँमा गाडी चलाएर लाने ३ जना गाडी चालक हरुलाई फुल माला र अबिर लगाएर सम्मान गरिएको थियो ।
