
tssbus
Sssbus1
Ssbus
Sssbus1
nsm
Ssbus
ssbus
Pbu
Gsl
Ssbus

Vor
nsb
Asm
Ssm
Wsp
Sbs
Tsm
Rgs
Bbu
Rgu
Ksm
Rsb
Pvg
Hal
Gst
Sls
Bbbpu
Ggd
Rgu

Bml
sab
Jmb
Ptm
Jmb
Syp
Abd
Rmb
Gsb
bbt
Mks
Pls
Rpp
दाङ । गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीमा पूर्ण प्राथमिक शिक्षा तथा पूर्व प्राथमिक शिक्षा CPS & CPRS दिनको रुपमा मन्टेश्वरी कार्यक्रम अन्तरगत अभिभावकसंगको एक दिने अभिमूखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
गोरखा स्कुल व्यवस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षता एवं पूर्ण प्राथमिक शिक्षा तथा पूर्व प्राथमिक शिक्षा CPS & CPRS कार्यक्रमका तालिम निर्देशक पुजा शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस्तै उक्त कार्यक्रममा गोरखा ग्रुपका सीईओ नवल जिएमले विद्युतीय प्रविधिहरुको प्रयोग,सदुपयोग र विद्युतीय प्रविधि प्रयोगलाई शिक्षासंग जोड्ने सम्बन्धमा अभिभावकहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
यस्तै कार्यक्रममा लावने इन्टरनेशनलका तालिम कर्ता संगिता महर्जनले अभिभावकहरुलाई विभिन्न रोचक खेलहरु खेलाउदै बालबालिकालाई खेलकुदबाट कसरी सिकाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो ।
विद्यालयका प्राचार्य लोकमान रिजालले अभिभावकहरुलाई स्वागत गर्दै कक्षा नर्सरीदेखि कक्षा ५ सम्म लागु भएका पठनपाठनको बारेमा जानकारी गराउनु भएको थियो । अहिले गोरखा स्कुल लमहीद्वारा पूर्ण ल्याब सिस्टममा पठनपाठन गराउदै आएको र हरेक विषयको ल्याब कक्षा भएको,ल्याब कक्षामा पढ्नलाई विद्यार्थीले कोठा परिवर्तन गर्दै जान्छन् भने,हरेक कोठाहरुमा अडियो,भिजुओल सुविधा सम्पन्न भएको समेत उहाँले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
त्यस्तै प्राचार्य रिजालले विद्यालयद्वारा दिइएको शिक्षा तथा सुविधा बारेमा जानकारी गराउदै अबको शिक्षाले बालबालिकाहरुलाई किताब मात्र पढाउनु भन्दा व्यवहारीक ज्ञान दिने कुरामा जोड दिनु पर्ने आवश्यकता रहेको औल्याउँनु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले आफुले कक्षा कोठामा गर्ने क्रियाकलापलाई स्टेजमा अभिभावकको माझमा प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीले ट्राफिक सिग्नल सम्बन्धि सचेतना,अमेजिङ्ग फ्याक,कम्युनिटी हेल्पर,पलान्ट जर्मिनेसन,नाप तोवलसंव सम्बन्धि प्रस्तुतिहरु रहेको थियो भने कार्यक्रमको संचालन सो विद्यालयका प्रि-प्राइमेरी कोर्डिनेटर शिला रिजाल र प्राइमेरी कोर्डिनेटर दिप्ती शर्माले गर्नु भएको थियो ।




