दिपक वली/घोराही सोमबार, माघ २९, २०८०

दाङ । गुरुकुल एकेडेमी तुलसीपुरले सम्पूर्ण कानुनी प्रकृया पूरा गरेको छ । साविक भ्यालि स्टार इङ्लिस बोर्डिङ स्कुललाई मर्ज गरेर गुरुकुल एकेडेमी तुलसीपुर बनाएपछिको सम्पूर्ण दर्ता प्रकृया पूरा भएको हो ।

त्यस्तै गुरुकुल एकेडेमी तुलसीपुर प्रा.ली कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं.५२४४६÷ ०६४÷ ०६५ मा दर्ता भएको छ भने आन्तरिक राजश्व विभागमा पनि विधिवत रुपमा दर्ता भई स्थाई लेखा नं.(३०३३८३४३१) समेत प्राप्त भएको छ । यता तुलसीपुर उपमहानगरपालीकाको शिक्षा विकास महाशाखा तथा उपमहानगरपालिकामा पनि गुरुकुल एकेडेमी तुलसीपुर प्रा.लीको अभिलेख राखि सो को पत्र समेत प्राप्त गरेको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।

तुलसीपुरमा विद्यालय सञ्चालनको निर्णयसँगै भौतिक संरचना निर्माणको काम र कानुनी प्रकृयाको थालनि सँगसँगै भएको थियो । गुरुकुल एकेडेमी तुलसीपुरले तुलसीपुर क्षेत्रमा शैक्षिक हव बनाउने र पूर्ण मानव बनाउने उद्धेश्यले करिव १२ करोडको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न विद्यालय सञ्चालनमा ल्याउन लागेको हो । यस क्षेत्रमा विभिन्न ऐतिहासिक योजनाका साथ विद्यालय सञ्चालनमा आउदा यहाँका अभिभावक तथा विद्यार्थीहरुलाई निकै फाइदा पुग्ने स्थानीय बुद्धिजीवि तथा समाजसेवी विष्णु कुमार देवकोटाले बताउनुभयो ।

यस्तै उहाँले जुन शैक्षिक योजनाका साथ विद्यालय सञ्चालनमा आएको छ त्यो उद्धेश्य पूरा गर्नेमा विश्वास समेत गर्नु भयो । विद्यालयले यहीँ फाल्गुन २ गते वसन्तपञ्चमीको अवसर पारेर ब्राह्मण राखि विधिवत रुपमा अक्षरारम्भ समेत गराउँदै छ भने शैक्षिक सत्र २०८१को लागि प्ले ग्रुपदेखि कक्षा ९ सम्म प्रि रजिष्ट्रेशन समेत खुला गरेको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । साथै उहाँले स्टेशनरी बाफतको शुल्क सहित प्रि रजिष्ट्रेशन गरे पछि भर्ना निःशुल्क हुने पनि बताउनुभयो ।

विद्यालयमा सम्पर्कको लागि शनिवार समेत कार्यालय खुला रहने भएको हुँदा सहजै कार्यालयमा सम्पर्क गर्न समेत विद्यालयले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा अनुरोध गरेको छ । विद्यालयले पठनपाठनको लागि आबश्यकता अनुसार तालिम प्राप्त दक्ष तथा अनुभवि जनशक्ति पनि तयार गरीसकेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]