
Ssbus
Rsbus
Nssbus7
dsbus
Gsl
Gsbus
gms
Ksbus
Ssbus
Csbus
Bksbus5
Ksbus
Ksbus
Jsbus
Bsbus
Pbu
bpmhl
Ssbus
Lsbus

Ksm
Rsb
Sls
Pvg
Rgu
Rgs
Bbu
Tsm
Bbbpu
Hal
Wsp
Asm
Rgu
nsb
Sbs
Gst
Ssm
Ggd
Vor

bbt
sab
Rpp
Mks
Jmb
Ptm
Syp
Jmb
Rmb
Pls
Gsb
Abd
Bml
दाङ । किसानका तत्कालिन र दिर्घकालिन समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम नचालेको भन्दै अखिल नेपाल किसान महासंघ (ALFA) दाङले प्रधानमन्त्रि केपि शर्मा ओलीलाई मागपत्र बुझाएको छ ।
राष्ट्रिय जनमोर्चा निकट किसान महासँघ दाङले दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य मार्फत बिहीबार प्रधानमन्त्रीलाई माग पत्र बुझाएको हो ।
बाली लगाउनु भन्दा पहिले किसानलाई मल र बिउको आपुर्ती तुरुन्त ब्यबस्था गर्नुपर्ने,सिँचाई र बिद्युतको लागि अनुदानको ब्यबस्था,धानको समर्थन मूल्य लागू गर्नुपर्ने किसान महासँघको माग छ । त्यस्तै भ्रष्टचार बन्द गर्दै महँगीलाई नियन्त्रण गर्नुपर्ने, कोभिडको उपचार सरकार स्वयमले गर्नुपर्ने,कोभिडका कारण समस्या झेलिरहेका किसानलाई राहत र पुन स्थापनाको ब्यबस्था गर्नुपर्ने,उत्पादित कृषि उपजलाई सरकारले स्वयम् खरिद गर्नुपर्ने,साना किसानको ऋण मिनाह गर्नुपर्ने लगायतका ११ बुँदे महत्वपुर्ण माग सहित माग पत्र बुझाएको छ ।
किसान महासंघले मागपत्र बुझाउने कार्यक्रम बिहीबार देशैभरी आयोजना गरेको थियो । सोही कार्यक्रम अन्तरगत दाङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाईएको हो ।
किसान महासँघ दाङका अध्यक्ष मिनु सुबेदीले माग पत्र बाचन गरि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई बुझाउनु भएको हो । जिल्ला प्रशासन कार्यालय बाहिर बिरोध कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य र किसान महासंघका जिल्ला अध्यक्ष मिनु सुबेदिले बोल्नु भएको थियो । कार्यक्रमको संचालन जिल्ला सचिब चन्द्रबहादुर केसिले गर्नु भएको थियो ।
